– सरुभक्त

पीडाभूगोलः जीवनका अनन्त विस्फोटनहरु
विसंगतिका संगति लिएर
एक अराजक वादलयात्रा गर्छन्
मृत्युमानवहरुको जीवनझैं
गैडाको छाला ओडेर
हामी कुनै वृहत षडयन्त्रहरुको जंगलतिर प्रस्थित छौं ?
गुरेवाघ र इन्टरपोलका रेडकर्नर नोटिसहरु

हुड्केली नृत्यमग्न छन्
म जिन्दगीका हिमपातहरुमा
मायासभ्यना उत्खनित छु
ए ! नरभक्षी वाघहरु कता हराए ?
यहाँ त सर्वत्र नरभक्षी नरहरु छन्
सपनामा बाघको सवारी गर्दै
यहाँ केही प्रजातिहरु वोक्सीहरुको सम्मान समारोह
आयोजना गर्दैछन्
टापुवासः कुहिरोमा हराएका वस्तीहरु
हामी पत्थर सम्वेदनाका घाटीतिर
मनपरिवेष्टित छौं
रक्तरञ्जित बज्यैहरु आशिष दिन्छन्
‘बावु, मान्छे भएस् नेता नभएस् !’
भजन उद्यमीहरुः देवदेवीका व्यापार गर्दैछन्
आऊ, हामी आ–आफ्ना चिहान खन्न जाऔं
क्लोनिङ्ग गोर्खाली – मानव जेनेममा
हाम्रा निक्लियोटाइडहरु प्रतियुद्धमा छन्
हत्याकाण्डहरुको महान देशः हामीसित
हत्याकाण्डहरुको इतिहास छ, वर्तमान छ,
के भविष्यपनि रहिरहला ?

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *