–शिवप्रकाश
केही दिनदेखि ऊ बेलाबेलामा आत्मसंवादमा हराउन थालेको छ, “उहाँ मान्छे त खासा हो तर..!” उसले त्यो ‘तर..’ को अर्थ धेरै दिन बुझेन।
त्यो ‘तर…’सँगै अहिले एउटा मान्छेको मूर्त तस्बिर अमूर्त चिन्तनको चक्रमा फनफनी घुम्दै छ, कुमालेको चक्र घुमेजस्तै।
ऊ सोच्छ, “यो चिन्तन हो कि चिन्ता हो?” क्षीण निष्कर्ष निकाल्छ, “चिन्ता पनि एक चिन्तन हो।”
ऊ निवर्तमान विगततिर परभि्रमण गर्न थाल्छ। आफ्नो बोझिलो मन र रन्थनिएको मस्तिष्क त्यतै घुमाउन थाल्छ।
“हो नि त, उहाँ मान्छे साह्रै खासा हुनुहुन्छ। सत्य लेख्नुहुन्छ। उहाँको कलममा… तर…!” उसले सुनेका लघु टिप्पणीले त्यो खासा मान्छे उसलाई झन् खासा लाग्छ। समयको कुचक्रले उसलाई संसारको कुनै कुनामा लगेर थचारे पनि मनले सधैँ नजिक मानेको हुन्छ, दाइ ठानेको हुन्छ उहाँलाई। पुरानो चिनजान पनि।
उसलाई थाहा थियो, विलियम वट्लरले टैगोरको गीताञ्जली नचिनाएको भए सायद नोबेल पुरस्कार प्राप्त हुने थिएन। कृतिको उज्यालोलाई पाठकका आँखासामु ल्याएर प्रकाशवान् बनाउन भूमिकाको भूमिका र समीक्षा कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरा ! विलियम वट्लर उनै दाइलाई मान्छ। देउता भेटेजस्तो हुन्छ।
“दाइ ! भूमिका लेखिदिनुपर्यो।”
“ए भइहाल्छ नि !” अग्राखको चुरोजस्तो बलियो ढाडस पाउँछ दाइबाट।
“आफ्नै दाजु ठानेर भनेको हुँ, अन्यथा नलिनुहोला।” लटरम्म फलले झुकेको वृक्षजस्तो श्रद्धाले झुकेको सम्मानको शिर झुकाउँछ, भन्छ, “साताभित्रमा भए हुन्छ।”
“ए भइहाल्छ नि! साता त मेरा लागि काफी हो।” इस्पातजस्तो झन् दह्रो आँट पाउँछ। अभिमानले छाती ढक्क फुल्छ। विदेशबाट ल्याएको एउटा उपहारसहित पाण्डुलिपि टक्र्याउँछ।
“अनि दाइ, … खोइ… अरू त म के भनँू…!”
“ए भइहाल्छ नि! बुझेँ, बुझेँ। मैले सबै बुझेँ। राम्रोसँग… लेख्छु। अनि, यताउता जे गर्न पर्छ भइहाल्छ नि!” अब आरसिेहरूको पनि मेख मर्ने भयो भन्ने ठान्छ। मनको ढिस्को चुलिएर सगरमाथा भएको अनुभूत गर्छ। दाइको त्यो असीम समर्थनलाई अमूल्य प्राप्तिको रूपमा लिन्छ।
साता दिन नपुग्दै दाइको फोन आउँछ। १ बजेतिर भेट्ने कुरा हुन्छ। दाइले भनेको ठाउँमा पुग्छ।
“क्या गजब मान्छे ! क्या अमेरकिन टाइम ! ल जाउँ कतै बसौँ!” दाइको पछि लाग्छ। दाइसँगै एउटा रेस्टुराँमा छिर्छ।
“केही खाउ“m अनि सुनाँै है!” फिसिक्क हाँस्दै दाइको अभिव्यक्तिमा समर्थनको मुन्टो हल्लाउँछ। दाइले अर्डर गर्नुहुन्छ। चिसो काल्र्सवर्गको बिर्कोेको पुऽक्क आवाजसँगै भूमिका वाचनको आवाज दाइको मुखबाट निस्किन थाल्छ। मुखमुद्रामा चाँदनी पोतिएको छ।
भूमिकामा लेखिएको हुन्छ, “उनको लेखनमा पूर्ण गम्भीर्य छ…।” दाइले पढेको सुनेर भित्रभित्र उम्लिन्छ, भुइँमा न भाँडामा हुन्छ।
आत्माभिमानले चुलिन्छ। एकैछिनमा स्वास्नीलाई फोन गरेर सुनाउँछ, भूमिकाका केही भाग। स्वास्नी पनि फुरुक्क पर्छे। स्वास्नीको फुक्र्याइले आत्मगौरवको ताप शरीरमा झन् ह्वात्तै बढ्छ।
स्वास्नीसँग भन्छ, “उहाँले हतपत कुनै किताबलाई राम्रो भन्नुहुन्न तर मेरो त अपवाद नै भयो नि! अब यो किताब बजारमा ‘हटकेक’ नै हुन्छ। त्यसमाथि पनि नारी यौन मनोविज्ञान ! त्यसमाथि त्यसको नाउँ…! उसको नाकले घिरौँलाको साइज लिन्छ।
“दाइ, अरू पनि यसो के के… म त धेरै वर्ष भो बाहिर बसेको, धेरै मान्छे पनि चिन्दिनँ।”
“ए, भइहाल्छ नि! म सबै गरहिाल्छु नि भाइका लागि।” दाइको हँसमुख झन् हँसिलो हुन्छ।
आत्माभिमान झन् चुलिन्छ। डायास्पोरामा मात्र होइन, देशकै समकालीन कथाकारको लाइनमा आफूलाई अग्रपंक्तिमा देख्छ।
भूमिका लगेर प्रेसमा बुझाउँछ। भट्टीमा पसेर दुई बोतल एक्लै बजाउँछ। रमरम हुन्छ। मनमनै मनग्य कुरा गर्छ, अब ‘जैमली’ माने साहित्यमा ‘हटकेक’ ! स्वप्नलोकमा विचरण गर्न थाल्छ।
“एउटा असल मान्छे हुनलाई कतिको नजरमा कति कमसल भएर बाँच्नुपर्छ? यस्तै हुन् दाइ पनि। यस्ता असल मान्छेलाई किन धारे हात लगाउँछन्? यस्ता महान् मान्छेलाई किन देख्न सक्दैनन्?”
भोलिपल्टै दाइको फोन आउँछ। हिजोकै ठाउँमा भेट्ने कुरा हुन्छ। हिजोकै ठाउँमा गएर हिजो पिएकै चीज पिइन्छ। आज थोरै कुरा हुन्छ, “कथा अब्बल छन्। चिन्तै नगर भाइ…।” हिँड्ने बेला दाइको अनुहारमा छाएको हिजोको त्यो जूनमा कताकति ग्रहण लागेजस्तो छ आज। रमरम भएर दुवै छुट्टन्िछन्।
भोलिपल्ट फेर िदाइको फोन आउँछ। उही हिजोकै ठाउँमा भेट्ने कुरा हुन्छ।
दाइ के के कुरा गर्न खोजेजस्तो गर्नुहुन्छ तर गर्नुहुन्न। बोल्न खोजेजस्तो गर्नुहुन्छ तर बोल्नुहुन्न। रसहीन हाँसो हाँस्नुहुन्छ। अनकनाउनुहुन्छ, फेर िरोकिनुहुन्छ। बेथा लागेर पनि खोल्न नसकेजस्तो।
कुरा बुझ्न निकै गाह्रो हुन्छ, तैपनि अनुमान लगाउँछ, “कुरा पक्कै दुम्डीको हुनुपर्छ !”
“दाइ खास केही थियो कि? भन्नुभए भइहाल्छ नि, म तपाईंकै भाइ त हो नि!”
“खोइ के भन्ने? यत्रो मिहिनेत गरेको छु।” दाइको बोलीको लवज हिजो र आज फरक भए पनि अन्तर्वस्तु एउटै भएको महसुस गर्छ।
“होइन दाइ, मैले त्यो कुरा त प्रमेशलाई भनिसकेको छु। किताबको सबै उसैले हेरेको छ।”
दाइको अनुहारमा दुःखको छायाँ झल्किन्छ। मनमा पीडाले बनाएको घरका बलाभाटा निधारमा तेर्सिन्छन्।
उसका कुरा दाइलाई भेडालाई पँेडाजस्तो हुन्छ। दाइले मुख फोर्नुहुन्छ, “म किन प्रमेशको पछि लाग्ने? यो डिल त तिमीसँग भएको हो नि!” जिब्रोले ओठ भिजाउनुहुन्छ।
“हुन्छ दाइ केही छैन तर अहिले त मैले बोकेर आएको छैन। फोनमा पनि दाइले केही भन्नुभएन।”
छोटो समयमै दाइमा कताकति विचलन आएजस्तो लाग्छ उसलाई। सगरमाथाजस्तो बनेको मनको त्यो ढिस्को होच्चिएजस्तो भारी आत्मसंकेत हुन्छ।
“म त यसरी सधैँ त्यसैको पछि लागेर हिँड्न सक्तिनँ नि!” दाइको निर्बन्ध भावले संवादको बाटो छेक्लाजस्तो हुन्छ। सम्बन्धको वटवृक्ष ढल्लाजस्तो हुन्छ।
फेर िदाइप्रतिको उसको अन्तरविश्वासले भन्छ, “दाइलाई तैँले खुसी बनाउनुपर्छ। खुसीमा चल्ने धन्दा हो यो पनि। साहित्यमा पनि फौबन्जारी प्रशस्तै चलेको छ।”
“हुन्छ नि दाइ, उसो भए घरमा जाऊँ न त!” तत्काललाई दाइको मनोरोग बिसेक हुन्छ। अँध्यारो पोतिएको अनुहारमा एकाएक उज्यालो लपक्कै ढाकिएर आउँछ। ज्योतिर्मय बन्छ त्यो अनुहार। दुवै बस चढेर एयरपोर्टतिर लाग्छन्।
खुसुक्क प्रमेशलाई फोन गर्छ। “दाइलाई कति दिने हँ?”
किन दिनैपर्छ र? आफ्नै दाइजस्ता हुन्, लिन्छन् के? फेर िरसिाउलान् नि ! के मैले पैसाका लागि लेखेको हो? पैसाको फूर्ति देखाउँछस् भनेर ! विचार गर् है !”
“तर, केही त दिनुपर्यो नि! आखिर संसारमा कसले के नै गर्छ र सित्तैँमा! गराउनु पनि हुन्न!”
प्रमेश अनकनाउँछ। प्रमेश यथार्थभन्दा टाढा छ। प्रमेशलाई यो यथार्थबाट टाढै राख्न चाहन्छ र भन्छ, “ल, म टेककेयर गर्छु।”
दाइलाई घरमा लिएर जान्छ। आतिथ्यका लागि उही काल्र्सवर्ग बियर मगाउँछ। गिलासमा खन्याउँछ। दाइसँग ट्वाङ्ङ गिलास बजाउँछ। तिर्खाएको उ“mटले पानी पिएजस्तो गरी बियर पिउँछ र सोध्छ, “दाइ, कति टक्र्याऊँ?
“ए मैले … भन्दा कम लिने गरेको छैन।” दाइका आँखामा आफ्ना आँखा दौडाउँछ। ती आँखामा आफ्नो होइन, पैसाको तस्बिर देख्छ। जिल्ल परेर एकछिन हेररिहन्छ। बोल्दैन। उसलाई पत्यार लाग्दैन दाइले दिल्लगी गरेको हो कि साँचो हो !
“हो, मैले यसभन्दा कम लिने गरेकै छैन।” अहिले दाइको मुख होइन, मन नै बोल्छ। ऊ छाँगाबाट खसेजस्तो हुन्छ। अनुहार सालको सुकेको पातजस्तो हुन्छ। पीडामिश्रति हाँसो खिसिक्क हाँस्छ।
‘दाइले लिन्छन् के? रसिाउलान् नि !’ प्रमेशको वाक्य सम्झन्छ। मनमनै हाँस्छ। मनको हाँसो अनुहारतिर कताकति छछल्किन्छ।
“हो भन्या, कथाका बारेमा त्यस्तो वर्णन गरेको छु, त्यति त लिने नै गरेको छु।” हाँसोमा हाँसो थप्दै दाइले थप पुष्ट्याइँ गर्नुहुन्छ। दाइको मागले भित्रभित्रै सिङजुरो नपलाएको होइन तर मान्छेको मूल्यांकन एउटै मात्र कुराले गर्नुहँुदैन भन्ने ठान्छ। अर्को कोठामा जान्छ। खाममा पैसा हालेर ल्याउँछ, दाइलाई दिन्छ। दाइले सोझै भित्री पकेटमा खाम कोच्याउनुहुन्छ।
“अब एउटा बियर पिऊँ अनि लागूँ।” दाइले अन्तिम इच्छा खोल्नुहुन्छ। दाइको अनुहारमा खुसीको म्याराथन चल्छ। तँछाड-मँछाड गर्दै रोमाञ्चक तरंग अनुहारभर िदौडन्छन्। सायद, मनको ब्याट्री फुल चार्ज हुन्छ।
दाइलाई बिदाइ गर्छ। ऊ माथि छतमा गएर हेर्छ। अलिपर कुइनेटामा पुग्नेबित्तिकै दाइ रोकिनुहुन्छ। भित्री खल्तीबाट खाम निकाल्नुहुन्छ। थुक लाएर पैसा गन्न थाल्नुहुन्छ। मुसुक्क हाँस्दै सन्तोषको मुन्टो हल्लाएर बाटो लाग्नुहुन्छ। त्यो देखेर उसको पेटको हाँसो ओठबाट फुत्किन्छ।
पानीका फोका फुटेजस्तो उसका विश्वास एक-एक गरेर फुट्दै जान्छन्। “के ती तिनै दाइ हुन्? देखेको मान्छे र भोगेको मान्छेमा कति फरक?” एउटा प्रश्नको झटारो रन्थन्याउँछ उसलाई।
विमोचनमा दाइले फेर िमुक्तकण्ठले कथाको प्रशंसा गर्नुहुन्छ। “क्या चित्ताकर्षक शैलीका कथा !” गलामा फूलको माला, मनभर िप्रशंसाका गुच्छा ! उम्दा-गुणवत्ता कृतिमा गनिन्छ, उसको कृति त्यहाँ। बेलुका दाइसँगै बसाइ हुन्छ। मान्छे भन्दा बढी हुन्छन्, रत्तिा बोतलहरू। सँगुरको कुनै आइटम नखाए पनि रेस्टुराँको बिल ह्याम्पसायर जातको सँगुरभन्दा मोटो आउँछ।
धर्तीमा भर्खरै पोखिएको नयाँ वर्ष सन् २०१२ को अखबारी रमझम सकिएको छैन। एक अखबारमा दौडिरहेका उसका आँखा एउटा स्तम्भमा टक्क रोकिन्छन्। हतार-हतार पढ्छ। तमाम किताब र लेखकका पंक्तिमा उनै दाइले उम्दा ठानेको आफ्नो कृतिको नाउँ खोज्छ, भेट्दैन। दोहोर्याएर पढ्छ, भेट्दैन। स्वास्नीतिर हेर्दै भन्छ, बामू, जमैलीको पुनर्मृत्यु….! बोल्दाबोल्दै घाँटीमा ठूलो हड्डी अड्किएजस्तो हुन्छ, रोकिन्छ।
आफूलाई भ्रम भएको हो कि भन्ने ठान्छ। स्वास्नीलाई पढ्न लगाउँछ। उसले पनि दोहोर्याएर पढ्छे। स्याउजस्तो रसिलो स्वास्नीको अनुहार चाउरएिको च्याउजस्तो हुन्छ।
हुन त पैसाको दुर्गन्धले स्वाभिमानको सुगन्धलाई मार्न कतिबेर पो लाग्छ र?
आदरले चुलिएको मनको त्यो सगरमाथा गर्लम्म ढलेर ढिस्कोमा परण्िात हुन्छ, हुँदाहुँदै चिसो सुममा बदलिन्छ। त्यो अमूर्त चिन्तनको चक्र रोकिन्छ। सम्भावनासँगै एउटा अवतार विघटन भएजस्तो लाग्छ। धेरैबेर सन्तप्त हुन्छ। गहिरो अनुभूतिमा निकै बेर हराउँछ। ठान्छ, “मान्छेको सच्चा स्वरूप बेहोरेपछि मात्रै देखिन्छ।” यस्तै केही अन्य तथ्य र तस्बिरहरू मस्तिष्कमा नाच्छन्।
एकाएक कवि होर्केको भनाइ सम्भिmन्छ ः ‘संसार कति बेकार छ हेर्नूस् त ! मान्छे फस्र्ट क्लासमा यात्रा गर्छन्, किताब माल डिब्बामा।’
चित्त बुझाउँछ, मैले पनि त्यस्तै कतैको थोत्रो डिब्बा भर्न कागजको नास मात्र गरेछु ! धन्यवाद दाइ।