– मान बहादुर मुखिया
हे फुल चुडेर लाने हो
यहाँ माली रोएँको देख्यौ
खुशी ति मिलनमा आउने हो
यहाँ बिछोड भएको देख्यौ
पन्छी सबै उडेपछि, गुड रित्तै हुन्छ
यो माटोलाई छोडीगए, देउराली यहाँ रुन्छ
हे फुल चुडेर लाने हो
माईतीघरका साथी-सँगी सबैलाई बिर्सी
डोली चड्दा दुलही रुन्छिन, घुम्टो भित्र पसि
हे फुल चुडेर लाने हो
Please follow and like us: