– रामकृष्ण सुनुवार “आँकाला”

आरु बखडाको बोट जिन्दगी भएर उभिन्दा
हावाका झोंकाहरुले ढलफल पारी दिन्छन्
वैंसमा सेताम्मे पूmलेका पूmलहरु
भ्रमराहरुले खोर्सन नभ्याउँदै
धर्तीमा हिऊँ भैंm विलाई दिन्छन् ।

गन्तव्य ठम्याउन नभ्याउँदै
शिशिरको कठिंग्रने तुषारोले
चिचिलाहरु बर्वरता पूर्वक झारी दिन्छन्
पूर्वमा हिन्दु र बौद्ध
माओजम् र दलाईहरु
खै कुन हुन् ?
सगरमाथाको फेदीमा ओर्लिसक्दा
गृह युद्धले क्षत्बिक्षत
निर्दोष निमुखालाई दबाउने तम्तैयारीमा छन् ।

बिडम्बना ! देश पिडामा छटपटाएको बेला
आरु बखडा ठिङ्घिग सुकेको रुख भैंm
मृत्युघण्टलाई कुरेर बसेको हुन्छ
हिमशिखर वाफमा परीणत भै
बादल बर्षा झरी रहेको हुन्छ
ती निर्दोषीहरुको आँखामा

मध्य पूर्वी जुडाई, ईसाई र अल्लाहहरु
राम बनबास गए पछि सीता हडप्ने दाउमा छन्
आप्mनै भूमिको सरणार्थी आराफतहरु
क्तै पश्चिमा मुखिहरुको चपेटाईमा
ईमान्दारीहरु धित्तो राख्दैछन्
सुकी सकेको आरु बखडाको बोट भैm ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *