-शुभद्रा सुनुवार

गजलकै मोहोरी देउ, तिम्रो बातै भरी,
सक्छौ भने दोहोरी देउ, सिंगो रातै भरी ।

चढ्या होलानि रंगहरु, तिम्रो अधरमा,
सप्तरंगीको रंग देउ, रंगीन् पातै भरी ।

नयनहरु लठ्ठ होलान्, जुध्दा आँखासँगै,
नसालु त्यो स्पर्श देउ, कोमल् हातै भरी ।

पराईको आश भित्रनि, प्रित्को प्यास होला,
जवानीको तरंग देउ, प्यासी आँतै भरी ।।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *