– “आँकाला” रामकृष्ण सुनुवार

मन यो मेरो झुमेर रह्यो
पोखरा बजारमा
माछा पुछ्रे चियाउँदै हेर्छ
त्यो फेवा तालैमा ।

डुङ्गामा चढी रमझम गरौं
शान्त यो मन पार्न
देवीको मन्दिर तालको बिचमा
खुशीले गर दर्शन ।

डुबुल्की मार्दै तालमा पौडी
जान्दछ जो खेल्छ
मन यो मेरो त्यही झुमि रह्यो
झन अझ उर्लन्छ ।

आँखाले हेरी साध्य नै छैन
हरियाली रानीबन
गुफामा पस्यो त्यही भित्र रह्यो
चञ्चले मेरो मन ।

अँध्यारो हुन्छ बिजुली बाली
हेरौं न गोरेटो
उकुुस–मुकुस सानो त्यो प्वाल
मुस्कीलले निस्केको ।

सेती त्यो नदी कता हो तल
लाग्दछ पातल
माछापुछे्र स्वर्ग भैंm लाग्दछ
हाम्रो हो नेपाल ।

छङ्घछङ्घ बग्छ उर्लंदै नदी
डराउँदै तल हेर ।
मन यो डुल्छ रमाउँदै
पोखरा बजार ।

क्या राम्रो फाँट कोदोको बाला
भुल्दछ लहलह
भुल्नै सकिन्न मात्रीको काख
हाम्रो छ स्वर्गस्थल ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *