– आँकाला रामकृष्ण सुनुवार

के हो त्यो आँखामा छल्किने
मोतिको दाना होईन टिप्नलाई मिल्ने ।

सुन चाँदी होईन त्यो गहना पहिरिने
को बुभुन सक्छ त्यो बहेको कुन भावले ।

हर्षले हो कि दुःखले बस्रन्छ एकबार
छुट्ट्याउँदैन कहाँ बस्ने हो झोपडी वा दरबार ।

सबैमा समेटिन्छ सानॊ वा ठूलो
प्राणी जगमा सदा सर्वदा दोहरिन्छ त्यो ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *