– मुकेश राई
उदविग्न मस्तिष्कको

शून्य ब्रम्हाण्डमा
शून्यताहरु माझ
सोचको धून खिप्दै
अन्तर्बिरोधहरु कत्थक गर्छ !


कल्पनाहरुको उधानमा
इच्छाहरु चिर्बिराउँछन
आकाँक्षाहरु पहाड उक्लन्दै
गुनगुनाएर मनको कन्दराभरी
रमाउँदै, तरंगिन्दै
वेरगँ / रगीँन
कुरुप / सुन्दर
अपुरो / अधुरो
अनुलोम / विलोम
बहु-विभक्त स्वरुप फेर्दै
मनको किनार पच्छ्याएर
बहन्छ सोच सागर !!

परिवेशसगँ पौठेजोरी खेल्दै
कुनै बिन्दूमा अवतरित
ऋखंलाबद्ध सोचसागरका
उछालभरी आशाका सुनौलो किरण
छरिन्दै, लक्ष्यका टाकुरा चुलिन्छ
एउटा अठोट
असिम उत्साह
जोशिलो जाँगर
कण कणमा भरिन्छ !!!

परिस्थितीसगँ जुझ्दै
जीवनयात्राका उकाली चद्न्
जुर्मुराउँछन पाईलाहरु
जीवन जिउनेहरु माझ
जिउनुको मुर्तता दिन
ससांरको बिशाल छातीमा
लघु-जीवनको गर्विलो
“म” हुनुको आल्हादमा फेरी
मस्तिष्कको शून्य ब्रम्हाण्डमा
विराजमान हुन्छ
निर्मल, निश्छल
सग्लो अनि सघन सोच !!!!

पशुपती नगर-४
ईलाम

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *