विहानीको झिसमिसे संगै
छरिएको घामको चुुम्बन
साइतको पछौरीमा कति ढिलो पोखियो….. ।
उस्को आँखा चिहाउदा चिहाउदै
कस्तो पट्यार लाग्दो आजभोली
सास फेर्नै गारो मलाई
उ बिनाको उजाड मरुभूमिमा ।
उस्को यादहरुको भिडले
भोक प्यासको शिविर सम्म पुग्ने बाटोमा
चौतारीको बरपीपलले एकै छिन
रोक्न आग्रह गर्छ मलाइ किन ?
अभावै अभावले चर्कन्छ छाती
शुन्यताले बिथालिएको विराग
मलिन हुन्छ बास्तविक्ताहरु
सालिक झै ठिङ उभिएर आफैलाई नियाल्छु
न उस्ले चिन्छ न म ब्याख्या गर्न सक्छु ।
आँटेर भिरको बाटोमा
सुरक्षित अवतरण गर्न
एक अर्काको हात थाम्ने रहर जग्छ
अपसोच !
उ त अघि ……नै आधा बाटो कटिसेके छ
आफुलाई नियाले
म पनि आधा बाटो काटिसके छु ।
Please follow and like us: