सजना गुरुङ
लौ हेर बीरंगनाको रुपमा नयाँ जन्म लिएर आँए म , 

तिम्रो दास्वतामा लास बनेको देहबाट जिएर आँए म !

तिमीले   दिएका   चोट ,  सास्ती      र    कुव्यवहारले ,
टुक्रा टुक्रा   भैसकेको   नारीमनलाई   सिएर   आँए  म !

अति भो अबदेखि  कोही नाँच्ने छैन तिम्रो ईशारामा ,
त्यो कोमल,सहन्शील मनलाई त्याग दिएर आँए म !

तिम्रो समाजको विसंगती र कुरीतिको अन्त गर्नलाई,
अमर सहासरुपि   अमृतको   प्याला   पिएर   आँए म !

लौ हेर बीरंगनाको रुपमा नयाँ जन्म लिएर आँए म ,
तिम्रो दास्वतामा लास बनेको देहबाट जिएर आँए म !

हाल इजरायल 

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *