अन्र्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायतले २८ नोभेम्बर,आईतबारका दिन लण्डनको ईलिङ बरोमा कवि ईश्वर मानन्धरको प्रमुख आतिथ्य तथा नेपालबाट पाल्नुभएका साहित्यकारद्वय डा. देवी प्रसाद सुवेदी तथा कवि विश्वविमोहन श्रेष्ठको विशेष आतिथ्यमा १०१ औं देवकोटा जयन्ती भब्यरुपमा सम्पन्न भएको छ ।
अनेसासका केन्द्रिय उपाध्यक्ष (यूरोप) तथा कथाकार जया राईले स्वागत भाषणको क्रममा केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र गदालको शुभकामना सन्देश पढेर सुनाउनु भएको थियो । साहित्यकार तथा कवि गोपी कृष्ण प्रसाईंले महाकवि देवकोटाको जीवनी एवं कृतिहरुको गहकिलो समीक्षा संक्षेपमा प्रस्तुत गर्नुभयो ।
उक्त भब्य समारोहका बिच डा. रुपक श्रेष्ठले विशेष अतिथिद्वयको परिचय दिंदै बिशिष्ट समालोचक तथा कथाकार डा. देवी प्रसाद सुवेदी तथा अब्बलदर्जाका कवि विश्वविमोहन श्रेष्ठ अनेसास युकेको सम्मान ग्रहण गरिदिनुभएकोमा कृतज्ञता ज्ञापन गर्नुभयो ।
सम्मानित साहित्यकार द्वयबाट केदार संकेतको कृति “एथेन्सको झरी” र कवि भगवान चाम्लिङको कृति “म जस्तै मेरा कबिताहरु” को लोकापर्ण भयो, भने उक्त कृतिहरुको समीक्षा कवि तथा साहित्यकार होम परिबागले गर्नुभयो ।
कार्यक्रमकै क्रममा भाषा तथा साहित्यकर्मी खगेन्द्र पाठकले डायस्पोरामा रहेका हामी नेपालीहरुले हाम्रो भाषा, साहित्य र संस्कार ज्यूँदो राखिराख्न भोलिका पूस्तालाई हस्तान्तरण गर्नु हाम्रो अभिभारा हो भन्दै अनेसास बेलायतकालागि पुस्तकालयका हस्तान्तरण गर्नुभयो । उहाँले मंचमा उभिएर ढाकाटोपी लगाई भाषा र संस्कृति प्रति आफ्नो अगाध श्रद्घा र माया रहेको कुरा गर्दा धेरैले आँसु बगेको तबमात्रै थाहा पाए जब भाषणको अन्त्यमा तालिको गड्गडाहट भयो । मन्तब्यकै क्रममा दिपक कोईराला, कवि तथा बेलायत प्रतिभा प्रतिष्ठाका सचिव नरेश काङमाङले डायस्पोरामा रहेका नेपाली श्रृजनाहरु नेपाल र विश्वभरि छरिएर रहेका नेपालीहरु बिच एकताको सेतु हुने कुरा बताउनुभ भयो ।
कवि तथा कवियत्रीहरु विश्वविमोहन श्रेष्ठ, डा. रुपक श्रेष्ठ, प्रतिभा बोहोरा, अजिता सिंखडा, शुसिला कार्की, मिजास तेम्बे, नरेश काङमाङ, देवेन्द्र खेरेश, सुमल कुमार गुरुङ, गोपीकृष्ण प्रसाईं, मुकेश राई, रुपक बनबासी, नीला अधिकारी, राजा श्रेष्ठ, भोज बराल, ई्रश्वर मानन्धर, अस्मिता भण्डारी ले कविता बाचन गरेका थिए । साथै रामकृष्ण सुनुवार “आंकला” को कविता जया राईद्वारा वाचन गरिएका थियो ।
मंतब्यको क्रममा विशेष अतिथी डा. देवी प्रसाद सुवेदीले बेलायतका साहित्यकारहरु र साहित्यिक संस्थाहरुले नेपाली भाषा र साहित्यको सम्बर्धनमा लागिरहन अनुरोध गर्दै अनेसास बेलायतले गरेको सम्मान अविस्मरणिय रहने छ भन्नुभयो ।
कवि विश्वविमोहन श्रेष्ठले बेलायतमा आएर यतिधेरै साहित्यकारहरु सँग भेटघाट गर्न पाउँदा आफुलाई नेपालमा नै भईरहेको अनुभव बताउनु भयो । वहाँले यूकेका कविताहरु नेपालका नेपाली कविताहरु भन्दा कुनै पनि किसिमले कमजोर नरहेको जिकिर गर्दै बेलायतमा रहेका नेपाली श्रष्टाहरुलाई उत्तरोप्रगतिको कामना गर्नुभयो ।
साहित्य विकास परिषदका अध्यक्ष हरि सिं थापाले भाषा साहित्यालाई विकास गर्नु पर्ने कुरामा जोड दिदै आफ्नो कविता समेत बाचन गर्नु भएको थियो ।
ठूलो संख्यामा उपस्थित वेलायत स्थित नेपालीपत्रकार , साहितयकार एवम वुद्धिजिवीहरुको उपस्थित रहेको उक्तकार्यक्रमको संयोजन अनेसासकी केन्द्रिय उपाध्यक्ष एवम यूरोप क्षेत्रको संयोजक श्रीमती जयालक्ष्मी राईले गरेकी थिइन् । अपेक्षित रुपमा यसरी साहित्यकारहरु आफनो भाषा, कला साहित्यको लागि प्रफुल्ल रुपमा उपस्थित भएको देख्दा आफू हर्षले गद गद भएको कुरा श्रीमती राईले व्यक्त गरीन ।
कवियत्री लाराको उत्कृष्ट कला संयोजन, अनुपम प्रस्तुती सहित दिनको १ बजे देखि साँझ ६ बजे सम्म रोचक ढङ्गले कायक्रम संचान भएको थियो भने सभाका सभापति कार्यवाहक अधक्ष्य नीला अधिकारीबाट उपस्थिति सम्पुर्ण अतिथी, कवि–कवियत्री, श्रोताहरु लगायत मिठो भोजन त सभाहल उपलब्ध गराईदिनुहुने ओरियन्टल बफेट एवं सहयोगीहरुलाई धन्यबाद दिंदै सभाको विर्सजन गर्नुभयो ।