छिमेकिको टोक्ने कुकुर भुक्ला फेरि होश गरौ
नेपालीको  शिर अझै झुक्ला फेरि होश गरौ !

बुद्धिजिबी हाम्रा नेता लुछाचुँडी गर्ने कुर्ची
पराईले थुक निल्दै ढुक्ला फेरि होश गरौ !

सबको प्यारो सगरमाथा अलग्गिन खोज्यो भने
हाम्रा सबै खोला- नाला सुक्ला फेरि होश गरौ !

बल   गरि   नसमाते    मूल्यवान  चिजहरु
अलि अलि  गर्दा गर्दै फुक्ला फेरि होश गरौ !

सोच्दा पनि  भित्र भित्रै  मन रुने नेपालीको
स्वर्ग जस्तो सुन्दर् देश चुक्ला फेरि होश गरौ !

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *