बाटै   भरी   काँडा  भेटेँ   गोडिदिएँ  मैले   के  बिराएँ?
गरिब् धनी बिच्को पर्खाल् फोडीदिएँ मैले के बिराएँ?

सानो-ठूलो , गरिब-धनी भेदभाव गर्ने समाजको,
कुरितीलाई  सकेजती  मोडीदिएँ  मैले के बिराएँ?

जात धर्म  केही  होइन हामी एउटै  मानिस जाती ,
भन्दै मानव नाता आज जोडीदिएँ मैले के बिराएँ?

हाम्रो एउटै रातो रगत हामी एउटै हौं  भन्दा,
बाधा  दिने सँग नाता तोडीदिएँ मैले के बिराएँ?

मानिस-मानिस  फुटाउने जात-भात छुट्याउने,
कुसंकार जती सबै छोडीदिएं मैले के बिराएँ?

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *