निराश नहोउ भो , तिमीसँगै आउँछु म त !

बाँचुन्जेल चोखो प्रिती तिमीसँगै लाउँछु म त !

मेरो भन्नु यो संसारमा मात्र एउटै तिमी ,
देउतासँग प्राथनामा तिम्रै आयु माउँछु म त !

सम्झनाले सधैं भरी बल्झाइ दिंदा ब्यथाहरु ,
गहभरी आँसु पार्दै तिम्रै गीत गाउँछु म त !

नझिमकाई आँखाहरु हेरिरहुँ तिमलाई सँधै ,
तर्की जती हिँडेपनी तिमी तिरै धाउँछु म त !

यती धेरै बडिसके चाहहरु तिम्रा निम्ती ,
हरहेराई ,छुवाइमा तिमी तिमी पाउँछु म त !

हाल इजरायल

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *