ए मान्छे !
सुनेकी थिँए , तँ पृथ्वीको सर्बश्रेष्ठ प्राणी होस रे ,
तँ ही देवता र महान छस रे !

ए मान्छे !
तेरो कुव्यवहारले हेर आज ,
मेरो आँसुले सागरको रुप लिएको छ ,
तेरो डाहालु र पापी  पब्रितिले मलाई
तेरै पाइतला मुनी थिचिदिएको छ ! 

ए मान्छे !
तँ भित्र के छ त्यस्तो ?
कि तँ अरुको खुशी हेर्नै सक्दैनस ,
आफ्नो स्वार्थको लागि हजारौको घर भात्काउछस
तर कहिले बनाउदैनस !

ए स्वार्थी मान्छे !
आज मलाई बिद्रोह गर्दै भन्न मन लागेको छ ,
तँ त्यो पापी होस्
जसले आफ्नो एक गाँस दिएर
अरुको हजारौ गाँस लुट्छस !
एक पाइलामा साथ दिएर
हजार पाइलामा सड्यन्त्रको खाडल खन्छस् !

ए घाती मान्छे !
म तँलाई कसरी परिभासित् गरु ?
एउटा मान्छेलाई माया गर्दा मैले
चराम धोका पाएकी छु ,
एउटा मान्छेलाई बिस्बास गर्दा मैले
धेरै घातहरु सहेकी छु ,
जुन मान्छेसँग म इमान्दारी भै प्रस्तुत भए
उसले मेरो खुब शोषन ग-यो ,
सबथोक लुट्यो !

ए बैगुनी मान्छे !
तँलाई जिबित राख्नको निम्ती
मैले आफ्नो मुटुसम्मा तँलाई दिए
तर तँ मेरो अर्पनमा
आँफैलाई समर्पन किन गर्थिस र ?
तँ मान्छे भएरैपनी
मान्छेलाई ब्वासोले जस्तै अघात पु-याइस !
तैले त आफूलाई
स्वार्थी , घाती , लालची जस्ता कुसँज्ञामा मात्र
परिभासित गराइस ,
आज तेरो घिन्लाग्दो
चरित्र र कुकर्माको ईतिहास पढ्दा
म आँफै पनि ,
मान्छेको रुपमा जन्मेकोमा सर्मिन्दा छु ,
आँफै भित्रको वास्ताविक मान्छेलाई
देखेर नै नतमस्तक भएकी छु !

ए असंतुस्टि मान्छे !
अब त सन्तोष मान्ना सिक ,
मात्र आफ्नो खुशीको निम्ति
मेटाउन नखोज संसारको रीत !!

  

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *