करोडौ मुटुको एउटै  धड्कन् हो नेपाल
अनेकौ भाषा अनी सस्कृतिको साझा फूल्बारी हो नेपाल
सयौ वीरहरूको रगतको कथा हो नेपाल
स्वबलम्बीभै चिनिने विश्वकै एक गाथा हो नेपाल
कति इतिहासमा मात्रै बिरताको कथा खोज्ने
पुर्खाको बहादुरी मात्रै  अझै कति रोज्ने
उनिहरूको निडरताको पौरख अझै सम्म खाँदैछौ
त्यसैले त आजपनि बहादुरको नाममा बिदेश जादैछौ


कोही लाहुरे बनेर त कोही सुकुम्बासी बनेर
कति खेलाडी त कति दुलहा दुलही बनेर
देशै खत्तम देखेर त कोही खत्तम बनाएर
देशलाई दिने भन्दा लिन नपाएर अरू यस्तै यस्तै बनेर
नेपाल आज रोइरहेछ ,भक्कानो छोडेर आशु पुछ्ने सबै पर्देशी बने
देश भित्रै बस्ने हरू देशभक्तिको नाममा दलाली बने
कोही  शाहीदको नाममा  नेता बने बिचरा नेपाली सधैं भोका बने
आउ भोका नाङ्गा जती रहेका छौ नेपाल भन्न मन पराउछौ कि कुन्नी
किनकी जान्नेहरू त नेपाललाई स्विजरलैण्ड बनाउछन अरे
तर नेपालीले त नेपाल जस्तो अरू  देश होस् भन्न चाहन्छन

शान्त सुन्दर अनी सुशासन  र  सुसासित नेपाल
हामीले नबनाए कस्ले बनाउछ अहिले नबनाए अर्को जिन्दगी फेरी आउछ ?
अब देखाउनु छ बिदेसिनेहरूलाई ,सिकाउनुछ नेता भनाउदाहरूलाई
बिकाशको मूल फुटाउनुछ ,थोप थोप पसिना स्वदेशमै बगाउनुछ
आउ तिमी हामी सबै मिली बनाउ हाम्रो अनी राम्रो नेपाल
सुन्दर शान्ता बिशाल ,सुन्दर शान्ता बिशाल  !!!!
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *