एउटा जीवन !
जो हरपल बर्तमानको विसंगतिलाई मेटेर
भविस्यको सुन्दर संरचना गर्न प्रयासरत् छ !
ऊ वाध्य छ , बिदेशी माटोमा पसिना बगाउन
तर त्यो बाध्यता भित्र पनि
ऊ हरपल देशको भाग्य कोर्न खोजिरहन्छ ,
किनकी ऊ ,
देशको स्वाभिमानलाई उच्चा गरेर
नेपालको छोरो बन्न चाहन्छ !


दिनभरी बिदेशी कम्पनिमा खटिएर थाकेको शरीरमा
जोस र आश भर्दै , जन्मभुमिलाई सम्झदै ,


ऊ निदाउन बिर्सन्छ , अराम गर्न बिर्सन्छ ,
त्यो अन्धकारमय रातहरुमा पनि
नेपाल र नेपालीको दु:खहरुलाई , समस्याहरुलाई
समाप्त गर्ने हरेक कोशीश सँगै ऊ जागीरहन्छ !
किनकी ऊ ,
राष्ट्रको निम्ती मरिमेट्ने , देशप्रेमी
नेपालको छोरो बन्न चाहन्छ !!

बिदेशमा शोषित र पीडित भैरहेका नेपालीहरुलाई
न्याय दिलाउन , न्यायको निम्ती लड्न ,
ऊ सधैं अगाडि बढीरहन्छ ,
निराश मनहरुमा आश भरिदिन जानेको छ उसले ,
मौन ओठहरुमा प्रतिकृया राखिदिएको छ उसले ,
आफ्नो र परिवारको निम्ती मात्र जिउने जीवनहरुमा
देशप्रतिको कर्तब्य बोध गराउन खोजिरहन्छ !
किनकी ऊ ,
आमाको सपना साकार बनाउने एक अग्याकारी
नेपालको छोरो बन्न चाहन्छ !!!
    
आज ऊ  ,
नेपाल आमाको स्वाभिमानको एक भाग
बचाउन सफल भएको छ ,
र हजारौं बिदेशी भुमिमा कार्यरत नेपालीमनहरुमा
देशको निम्ती केहीगर्नुपर्छ भन्ने ,
ज्ञान र उत्सुक्ताहरु जन्माइदिएको छ ,
नेपाल आमालाई
आज ,
निस्वार्थी ,
इमानदारी ,
परिस्रमि ,
सन्तानको खाँचो छ भन्ने उसले जानेको छ !
किनकी ऊ ,
आफ्नो बलिदानले देशलाई जिवित राख्ने
नेपालको छोरो बन्न चाहन्छ !!!!



Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *