“म जस्तीलाई कसले पो बिहे गर्ला र सम्पादकज्यू ?”
“तिमी फूलझैँ राम्री छौ, गरिहाल्छन् नि !”
रूथ सोफामा लडिरहेकी थिइन् । उनको हातमा मेटासिडको बोतल थियो जसमा ‘प्वाइजन’ लेखिएको थियो । रूथ आँखा चिम्लिएर गहिरो निद्रामा परेकीझैँ कञ्चन देखिन्थिन् । उनको मुखमा सेतो पदार्थ जमेको देखिन्थ्यो । कोठाको चारैतिर सरसामानहरू असरल्ल छरिएका थिए । मान्छेहरूको भीडभाड निकै देखिन्थ्यो । प्रहरीहरू लासको मुचुल्का उठाउन लागिरहेका थिए । उनीहरू वरिपरिका सबुत प्रमाणहरू एकत्रित गर्नमा तल्लीन थिए । पत्रकारहरू फोटो खिच्नमा व्यग्र थिए । मैले उनको अनुहारमा धेरै बेर हेरिरहन सकिनँ, उनको तस्बिर लिनै सकिनँ, मेरा हातहरू अनायासै कामिरहेका थिए । हृदय वाचाल भएको थियो । म रूथको नजिकको मान्छे । छोटो समयमै उनी मसँग नजिकिएकी थिइन् तर एक्कासि यो के हुन गयो…..? आफैँलाई पत्यार लागेको थिएन
।मलाई रूथ निक्कै अचम्मकी लाग्ने गर्दथ्यो । उनीजस्तो युवती मैले यसअघि देखेकै थिइनँ । पातलो शरीर, छोटो पातलो अनि रिठ्ठा जस्तो कालो केश, हँसिलो अकिञ्चन चेहरा र निर्दोष गाजलु आँखा भएकी थिइन् । नीलो जिन्स पेन्ट अनि रातो टिसर्टमा सजिएको भेषमा उनलाई मैले पहिलो पल्ट देखेको थिएँ, उनी मेरो अफिसमा आएकी थिइन् । उनी निक्कै मिजासिली र बोलैया स्वभावकी थिइन्, उनको बोल्ने शैली देखेर मलाई एकदमै रिस उठेको थियो । “कस्ती केटी होली ?” मनमनै सोचेको थिएँ, “के बोल्दैछु भन्ने पनि थाहा छैन होला, यसलाई त ।”
म स्थानीयस्तरको ‘दस्तावेज’ दैनिक पत्रिकामा सम्पादक भएर काम गर्न थालेको १० वर्ष भइसकेको थियो । मोफसलमा हाम्रो पत्रिका निकै चर्चित थियो । बिस्तारै हामी राजधानीतिर आफ्नो शाखा खोल्न उद्यत थियौँ । हाम्रो पत्रिकाका प्रभाव क्षेत्रहरूमा पत्रकारहरूलाई सबैले इज्जत गर्ने गर्दथे । हामीले विशेषतः आपराधिक समाचारहरूलाई प्रश्रय दिने गरेका थियौँ । हाम्रो उद्देश्य भनेको समाजमा हुने गरेका आपराधिक कार्यलाई निमिट्यान्न पार्नु थियो । यस्तै सिद्धान्तमा रहेर हामी समाचार सम्प्रेषण गरिरहेका थियौँ । यसैकारणले हाम्रो साख बढेको थियो । स्वच्छ, निर्भीक र निष्पक्ष हाम्रो पत्रकारितालाई सबैले विश्वास गरेका थिए ।
म आफ्नो सम्पादक डेस्कमा बसेर सम्पादकीय लेखिरहेको थिएँ । उनी मेरो क्याविनको ढोकामा उभिएकी थिइन् । आफ्नो क्याविनअगाडि यति राम्री केटी कताबाट आएकी होली भनेर म अचम्ममा परेको थिएँ । हृदयमा ताता भावनारूपी म्याग्मा तछाडमछाड गरिरहेका थिए । उनलाई देखेर एकप्रकारको लज्जा महसुस भइरहेको थियो । मन एक्कासि उज्यालो भएको थियो । खै किन हो थाहा पाउन कठिन भइरह्यो ।
“मे आई कम इन सर ?”
“अफ कोर्स ।”
“भन्नुस्, केही थियो कि ?”
“हजुर, मैले एउटा लेख लेखेकी थिएँ ।”
“खै ! लेखको शीर्षक के हो त ?”
“नारीको जिन्दगी ।”
उनको लेख सरसर्ती पढ्न थालेँ । एकदमै फोकटिया लेख लेखेकी रहिछन् । उनको भाषाशैली एकदमै कमजोर रहेको थियो । विचारहरू सामान्य थिए । विषयमा कुनै नौलोपन पाइनँ । एकचोटि उनको अनुहार हेरेँ । उनी एकटकले मेरो अनुहारतिर हेरिरहेकी थिइन् । हाम्रो पत्रिका नवप्रवेशी लेखक/पत्रकारहरूलाई उत्साहित गर्ने हुनाले मैले उनलाई आश्वासन दिँदै भनेको थिएँ ।
“लेख ठिक छैन, थोरै सम्पादन गर्नुपर्छ”
“के छैन र त्यस्तो ?”
“विचार सामान्य छ, फरकपना केही छैन तर सम्पादन गर्न सकिन्छ ।”
“त्यसो भए सम्पादन गर्नुस्, तपाईँको काम के ?”
“तपार्इँले मेरो काम सिकाउनु पर्छ ?”
“एक्सटेम्ली सरी, मेरो बोली नै यस्तै हो । अलिकति सम्पादन गरिदिनुहोस् न ।”
उनको बोली देखेर मलाई एकदमै रिस उठेको थियो तर उनको माफी मगाइले हाँस उठ्यो, उनको जिब्रो चिप्लिएको भनेर माफ गरिदिएको थिएँ किनकी यति राम्री लेखिकालाई म गुमनाम बनाउन चाहन्न थिएँ । भलै उनी लेखनीमा राम्रो नभएपनि शारिरीक रूपले निकै सुन्दर थिइन् । उनको लेख केटीकेटी खालको भएपनि सम्पादन गरेर वयस्क बनाईदिए अनि टाईपिङ्ग कक्षमा पठाइदिएँ ।
रूथ आफ्नो लेख प्रकाशित भइसकेपछि बारम्बार मेरो अफिसमा आउन थालिन् । उनी आफ्नो लेख दिन्थिन् । उनले बिस्तारै राम्रो लेख्दै गएकी थिइन् अब भने उनको लेखलाई सम्पादन गर्न आवश्यक थिएन । उनको लेखनी दिनानुदिन परिपक्व भइरहेको थियो जसरी हाम्रो भेटघाट परिपक्व भएको थियो । एकदिन बाबालाई एक्कासि ब्लड प्रेसर हाई भएर हस्पिटल लगिएको रहेछ । थाहा पाउँनबित्तिकै म दौड्दै हस्पिटल पुगेको थिएँ । म पुग्दा बाबाको स्थिति सुध्रिसकेको रहेछ । उहाँ आराम गर्दै हुनुहुँदो रहेछ । उहाँलाई रुथले हेरचाह गर्दै रहिछन् अनि पो थाहा भो, रूथ नर्स रहिछिन् । निलो कुर्ता सुरुवाल र माथिबाट सेतो एप्रोनले निकै सुहाएको थियो उनलाई, मलाई देख्ने बित्तिकै उनी मुस्कुराएकी थिइन् । बाबाप्रतिको त्यतिबेलाको सम्मान र हेरचाह देखेर मेरो मनले उनलाई सम्मानको माला पहि¥यायोे ।
“मलाई यो पार्क एकदमै प्राकृतिक लाग्छ भलै यो कृत्रिम भए पनि ।”
“किन नि ?”
“म यहाँ अक्सर आइरहेकी हुन्छु, यो ठाउँ निक्कै रोमान्टिक लाग्ने गर्छ । चिसो हावाले सिधै शरीरलाई स्पर्श गर्छ, यहाँ बसेर ‘सफ्ट ड्रिङ्क’ पिउँदा निकै रोमाञ्चित हुन्छु ।”
त्यसबेला रूथ निक्कै रोमान्टिक बनेकी थिइन् । शनिबारको दिन थियो । म अफिसमा बसिरहेको थिएँ । उनले मलाई फोन गरेर त्यहाँ बोलाएकी थिइन्, । म चराझैँ उडेर उनलाई भेट्न दौडिएको थिएँ । उनी कालो साडी र कालै चोलीमा पुतलीझैँ देखिएकी थिइन्, उनको अधर देखेर उनलाई चुमूचुमू झैँ लागेको थियो । उनी साथीको बर्थडेमा पुगेर आएकी रहिछन्, हामी त्यहाँ बसेर लामो समय गफ्फिएका थियौँ ।
“म जस्तीलाई कसले पो बिहे गर्ला र सम्पादकज्यू ?” यो प्रश्नले मलाई गहिरिएर सोच्न बाध्य तुल्यायो, रातभर निदाउनै सकिन । आखिर के चाहन्छिन् रुथ ?, किन यस्तो निरस लाग्ने गफ गरिन् मसँग ? यस्तै प्रश्नहरूसँग पौँठेजोरी खेल्नुपर्यो रातभर । मैले त्यतिखेर सामान्य प्रत्युत्तर दिएको थिएँ, त्यसपछि उनी चुपचाप बसेकी थिइन् । यस्तै कुरा मनमा खेलाउँदै कतिखेर निदाएछु, पत्तै भएन । एकाबिहानै संवाददाताले फोन गर्दा झसङ्ग भएँ, “सर, हाम्रो अफिसमा आइरहने रूथले त आत्महत्या पो गरिछन्, अवस्था एकदमै गम्भीर छ । तपाई यहाँ झट्टै आउनुपर्यो ।”
“प्रिय, सम्पादक
यो पत्र तपाईँको हात लाग्दा म यो संसारमा सायदै हुनेछुइँन । तपाईँको हृदयको रफ्तार बढिरहेको होला यसबेला, तर तपाईँको ढुकढुकलाई अनुभूत गर्न सक्दिनँ किनकी अब म यो दुःखी संसारमा रहनेवाला छुइँन । म बाहिरबाट जस्ती भर्भराउँदी देखिएपनि भित्रभित्रै जलिरहेकी हुन्थेँ । कति कोशिस गरेँ आफूलाई बदल्न, परिवारलाई बदल्न अनि समाजलाई बदल्न तर फगत म सधैँ असफलताको शिकार बनेँ । खै, मेरो भाग्यरेखामै कालो लत्पतिएको रहेछ, खाली एक से एक पीडाहरूको बन्दी बनिरहेँ । मेरी ममी मानसिक रोगको शिकार हुनुहुन्थ्यो, उहाँ जहिले पनि बर्बराइरहनुहुन्थ्यो, असाध्यै कमजोर बन्नुभएको थियो । हामीले ठूला–ठूला हस्पिटलमा देखायौँ तर उहाँलाई कसैले पनि ठिक पार्न सकेनन् । बाबा यसबाट हतास हुनुभयो । उहाँले भएजति धन ममीको उपचारमा लगाउनुभयो । अन्ततः बाबाले अर्की बिवाह गर्नुभयो । यसबाट आमालाई झन् चोट पुग्यो । उहाँ दिनभरी के–के सोचेर बसिरहनुहुन्थ्यो । हामीसँग एक शब्द पनि बोल्नुहुन्नथ्यो, केही पनि खानु हुन्नथ्यो । अन्ततः एक रात उहाँले साडीमा बेरिएर फ्यानमा झुण्डिएर आत्महत्या गर्नुभएछ । म यो देखेर बेहोस भएँ, सबै सपना चकनाचुर भए, मैले आफूलाई होसमा पाउन हम्मेहम्मे पर्यो । ममीको झुण्डिएको मृत शरीरले तस्बीर बनेर सताइरह्यो ।
जब तपार्इँसँग भेट भयो मैले आफूलाई बिस्तारै होसमा ल्याउँदै गएँ । तपाईँसँग समय बिताउन म हरपल लालायित हुने गर्दथेँ । तपार्इँले मलाई एकदमै सम्मान गर्नुभयो । म तपाईँबाट प्रेम पाउन चाहन्थेँ । तपाईँकी जीवनसंगिनी बनेर जिन्दगीभर साथ दिन चाहन्थेँ तर यत्तिमै सीमित रहेनन् मेरा आशाहरू । तपाईँसँगको अन्तिम भेटपछि मेरा जीवनका अँध्यारा पाटाहरू फेरि झ्याँगिन थाले, फेरि पीडा र बेइज्जतीका कोर्राहरू निर्मम बर्सिन थाले । बाबाले घरमा काम गर्ने केटीलाई बलात्कार गर्नुभएछ, दाइले रिसको झोँकमा बाबाको हत्या गर्नुभएछ, सानु ममीले पुलिसलाई खबर गरिछन् । दाइलाई प्रहरीले पक्राउ ग¥यो । बाबाको जीवन त नष्ट भयो नै, साथमा दाइको जीवन पनि नष्ट भयो । भन्नुहोस्, यस्तो भयानक अवस्थामा अब म बाँचेर के फाइदा, कसको लागि बाँच्नु म अब ? भोलि समाजले हामी र हाम्रो परिवारलाई के भन्छ ? तपार्इँले मलाई के भन्नुहुन्छ ? निश्चय नै मलाई थुक्नु हुनेछ । आपराधिक मानसिकता भएको दाइ र अपराधी यौनपिपासु बाबु भएकी मलाई तपार्इँले कहिल्यै पनि स्वीकार गर्नुहुनेछैन, त्यसैले म जानीजानी तपाईँको अस्मितामा चोट पुर्याउन चाहन्नँ । म आजैबाट यो संसारलाई छाड्दैछु, तपार्इँको जीवन सुखमय बितोस् ।
उही
तपार्इँकी रूथ”
“प्रिया रूथ,
तिमी छोटो समयमै मेरा लागि प्रिय बन्यौ, मेरो रोजाइको पहिली स्त्री बन्यौ तर मलाई तिमीदेखि घिन लागिरहेको छ, तिमीप्रतिको मेरो सम्मानको वृक्ष ढलेको छ । ‘रुथ भनेको दया हुन्छ’ भनेकी थियौ तर तिमी दयाकी पात्र पनि रहिनौ, कायरहरूप्रति कसैको दया पलाउँदैन । निश्चय पनि तिमीले सबैभन्दा बढी पीडा पाएकी रहिछौ तर ती पीडाहरूलाई घटाउने कहिल्यै प्रयास गरिनौ, सधैँ पीडाकै पल्ला भारी भएको देख्यौ । समस्याहरूसँग जुध्न सक्ने पो मान्छे त । समस्यालाई समस्या ठानेर कहिल्यै समस्याको समाधान हुँदैन । अलिकता विवेक लगाउनुपर्छ, सकारात्मक सोचको विकास गराउनुपर्छ । मानिसको जीवन सधैँ सुखमय भएर बिते जीवनको मूल्य के ? अनि मानिसको मूल्य के ? तिमीले वर्तमान ठूलो देखेर भविष्यको भयावह स्थितिको कल्पना गर्यौ त्यसैले तिम्रो जीवन अर्थहीन रूपले सकियो । मानिसले आशाको सानो बिरुवा हुर्काउन जान्नुपर्छ । आफूसँग प्राप्त भएका कुराहरूसँग रमाउन जान्नुपर्छ तर तिमीले त्यस्तो कहिल्यै गरिनौ, मात्र बेहोशीमा निर्णय लिन खोज्यौ । अब तिमी यो संसारमा छैनौ, कसलाई सम्झाउनु म यस्ता कुरा ? तिमीजस्ती निस्सार युवती मेरी जीवनसंगिनी कदापि हुन सक्दिन थियौ, माफ गर म जानी–जानी रूढ बनिरहेको छु तर सत्य यही हो । आशा गर्छु यो धर्तीमा तिमीजस्ता कायरपात्रहरू फेरि नजन्मिऊन् । भन्छन्, आत्महत्या गर्नेको आत्माले कहिल्यै शान्ति पाउँदैन रे, भड्किरहन्छ रे ! तर हृदयदेखि तिम्रो आत्माको चीरशान्तिको कामना गर्छु ।
उही
सम्पादक”
यस्तै भावनाहरू लेखेर एउटा पत्र तयार पारेँ र एउटा रातो गुलाफको साथमा उनको समाधिमा गई चढाएँ । सरासर अफिस आएर थचक्कै बसेँ, जारमा राखिएको चिसो पानी पिएँ । मेरो दिमाग एकत्रित बनाउनै सकिनँ, हरपल उनका सम्झनाहरूले डस्न थाले, म मूर्तिवत् भएँ । आफूलाई सम्हाल्दै भोलिका लागि समाचार लेख्न बसेँ, भोलिको एक्सक्लुसिभ न्युज हुनेछ –
“युवतीको रहस्यमय आत्महत्या,
सम्पादकलाई युवतीको मृत्युपत्र ।।”

Please follow and like us: