– ‘तिरस्कृत’
जानी जानी आफ्नै खुट्टा, बन्चरोले हान्छ मान्छे,
स्वार्थ बोकि चर्ने हुँदा, सधै धोका खान्छ मान्छे ।
पापी बस्ने बस्ति तिरै, आफ्नो डेरा सारी सारी,
सत्य मार्ग गाह्रो भन्दै, पापै प्यारो मान्छ मान्छे ।
रीति थिती कुम्लो बोकि, सातै डाँडा काटी गयो,
लाजै पचि नाङ्गो बन्नु, आधुनिक्ता ठान्छ मान्छे ।
हाँसौ भन्दा आफै मात्र, धरतीको बोझ बन्छन्,
स्वार्थी बन्दा प्राण हुदै, लास बन्न जान्छ मान्छे ।
आर्दशका कुरा छाँट्छ, आत्माभित्र कालो पाल्दै,
दिनु पर्दा भाग काटि, आफ्नो हात तान्छ मान्छे ।
आज भन्छ तेरो मेरो, भोली जान्छन् एकै बाटो,
यो संसार छाड्ने बेला, कात्रोमात्र लान्छ मान्छे ।।
हाल- दोहा, कतार ।
Please follow and like us: