– देवेन्द्र खेरेस

हिँउदको याम

जाडोको आगमन्
मुटु काँप्ने चिसो
सुनसान फुटपाथहरू
दिउँसै अधेरो साम्राज्य
काइनेटिक सहर
घर घरमा
बन्दि जीवन वाँचेका मानिसहरू
रमाउँछ वारमा
क्याफेमा
र, रात्री क्लबहरूमा
वाइन, स्वीकी
र, भट्किलो संगीतमा भुलेर

मृतुका दिनहरू गनिरहेछ
एक. दुई..तीन…
तीन,.दुई..एक…. ,

यो सहरको भूगोल फरक छ
हेर्ने दृष्यहरू फरक छन
बुझ्ने अर्थहरू फरक छन
र, जीवन भोगाई फरक छ
सप्पै फरक छ
यहाँ न दिनमा घाम देख्न पाइन्छ
न हरियाली भेट्न पाइन्छ, वरिपरि
जति सुम्सुम्याए पनि
चिसो को चिसै छ
यो माटो
दिन गनेर
रात गनेर
बितेको छ समय
समरको कल्पनामा/संम्झनामा
छुट्याउन गार्हृो छ
यो माटो मात्र चिसो हो कि ?
मान्छेको मन पनि चिसो ?
यै चिसोबाट भागेर
कोलम्बस
अमेरिका पुग्यो
एसिया पुग्यो
र, अफ्रिकी मरूभूमीमा पनि पुग्यो
खुनी इतिहासको
साम्राज्य लेख्दै-लेख्दै
यो चिसो हावाले
यो चिसो माटोले
यो चिसो मनले/ बिचारले
बिउँझाउँन खोज्छः सेक्सपियर
फर्काउन खोज्छः कोलम्बस
र,जन्माउँन खोज्छः अर्को साम्राज्य
भविष्य सजाउँने निहुँमा
मिथ्या घमण्ड गर्छ
घरमा
कोठामा
टेबलमा
कम्युटरमा
डेस्क्टपमा
र,फाइल भित्र चेपिएर
घरिघरिनै च्यालेन्ज गरिरहेछ
मलाई
तिमिलाई
र, समयलाई ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *