– सेलिङ्ख के सी

फुङ्गनामकी आमा
अब म
तिमीलाइ छोएर मात्र पनि बाँच्न सक्छु
फुङ्गनामकी आमा

अब म
तिम्रो नपाउनुसँग पनि हाँस्न सक्छु
किन भने कोसौँ टाढा हुनु र तिमी म सँग नहुनु
अथवा
भावनामा
नजिक हुनुभन्नु
नहुनु जस्तै हो रै छ


म रेगिस्तानबाट घर पुगेर
तिमीलाइ कम्ति खोजिन
म मुग्लानबाट आफ्नो देश पुगेर
तिमीलाइ थोरै खोजिन त मैले
मेरो बस्तिहरुमा खोजेँ तिमीलाई
जतनसित राखेको सन्दुकमा खोजेँ तिमीलाई
मनको खोपी र जस्केलीहरुमा खोजेँ
तर तिमी
मैले राखेको ठाउँमा थिएनौ
थिएनौ मसँग तिमी
तिमी हिडेछौ कुन्नि कहाँ
हिडेछन म प्रतिका बिचारहरु तिम्रा
फुङ्खनामकी आमा
अब म तिमीलाई छो्एर मात्र पनि बाँच्न सक्छु
छुनुको अर्थ हुनु हो
अथवा हुनुमात्र छुनु हो
यो भरोसा हो तिमी छ्यौ भन्नुको
त्यसैले फुङ्खानामकी आमा
अब तिम्रो कल्पनालेमात्र पनि म बाँच्न सक्छु
पोइल गएकी छैनौ भनेर
लिम्बुवानी वस्तिहरुमा खोजेँ तिमीलाई
प्रत्येक मात्रृगाउँहरुमा चाहारेँ
पधेँरोमा खोजेँ तिमीलाइ
तिमी हिड्ने बाटोहरुमा आखाँ ओछ्याएँ
खेतका आली/गरा/कान्लाहरुमा हेरेँ
तिमी थिदै थिएनौ त्यहाँ
तिम्रो नाम निसानी थिएन
कहिँ देखिएनौ तिमी
अनि मैले सम्झेँ
तिमीले तितो हासोँ हास्दै
मिठो विदाइको हात हल्लाएको क्षण
सम्झिए अनि फुल बगैचा
ढोकानेर पुगेर तिमीसँग बाँचेको कल्पना गरे
तिमी मैले रोपेको फुलसँग थिएनौ
थिदै थिएनो तिमी
तिमी मुसुन्डा र सितारा फुलसँग
मुस्कुराएको देखिदै देखिएन यो बसन्तमा
आज भोली र पर्सि भन्दै
समय कति तिर भाग्न सक्दो रै छ नियति
मैले रोपेको डेढ फुटको असोकको विरुवाहरुले
बिजुलीको तार छोएछ
अव्यवस्थापन अभावले चुटिएर
हुर्किएकी मेरी छोरी फुङ्नाम पनि आफुजत्रै ठुली भइ छे
पापा …..कहिले आउनु भयो नि ?
कुण्ठाले रित्तिएका ……. प्रश्नहरु
म झण्डै उद्देलित भएछु
बिचलित भएछु झण्डै झण्डै
मेरो रगत जस्तै रातो थिइन फुङ्खनाम
अथिरले पढ्न थाले उनका अनुहारहरु
ठ्याम्मै आमा जस्ति रैछिन
तर
त्यो अभावले पिल्सिएको अनुहार
असुरक्षाले चिडिएको प्रकृति
मैलेइ खादैन
म बाबु उनि आमा
मेरी छोरी फुङ्नाम
अब म बाबु हुनुको भोगाइसँग आन्दोलित हुन्छ ।
अनि मेरी छोरी
र मेरो हिजोको सुन्दर घर
मेरो बर्गैचा बगैँचामा खेलिरहने मेरी छोरी जस्तै कलिलेा घाम
मेरो सुन्दर झुपडि
झुपडिको फरिया भित्र सुन्दर कपाल
उनि क्यानभाष सुन्दरताको
जिजीविषा मेरो उ प्रति
तौलिन्छु एउटै कित्ताको मोहोर ठोकेर
मेरो हिजोको सुन्दर घर
हिजोको सुन्दर दुनियाँ
हिजोको सुन्दर छोरी
दुरुस्तै छदै छैन
नाम निसानी छैन
भिन्नता पाउछु घर हुनु र छोरी हुनुसँग
घर बुढा भएछ छारी तरुनी भइछ
अब ढोका नेर पुग्छु ढोका बन्द छ
फेरी गेटनिर आउँछु
मेरो फुलबारी नियाल्छु
घर हासेकै छैन
प्रत्येक ढोकाहरुमा भोटेताल्चा लगाइएका छन्
बार्दली भरी पँक्तिबद्ध राखिएका मकलहरु
त्यहाँ छँदै छैनन् आज
बलेँसिमा झुण्डिएका अँगुरझुप्पे गमलाहरु
त्यहाँ छँदै छैनन्
धमिराले ढाल्न आँटेछ मेरो घर
ढुस्सि पलाएछ
झ्याउ पलाएछ
म झण्डै निस्सासिन्छु क्यार
छोरी यथास्थितिमै उभिएकी छिन्
म झण्डै लड्न आँट्छु
छोरी आँशु जस्तै बगेर आउछिन मेरो सामु
अँकमालमा मेरी फुङ्खनाम

(हाल: दोहा कतार)

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *