– गोपीकृष्ण प्रसाई

सपना देख्नु पाप हैन
सपनाको अनेक रुपहरु कुनै श्राप हैन
मैले आफ्नो सपनाको कुरा गर्छु
अरुले आफ्ना सपनाहरु मलाई सुनाउँछन्
समय मध्यान्ह होस् कि साँझ
सपनाहरु तँछाड मछाड गर्छन् यस धरतीमा
धरती झुलिरहेको छ सपनाको खेतीले
धरती हाँसिरहेको छ सपनाको प्रीतिले
एउटा विचित्रको भाव छ सपनाको

अरुले जे सपनाहरु सुनाए त्यो मेरो आफ्नो हुन सकेन
मनभित्र ती सपनाहरु कैद हुन सकेनन्
आए धेरै आए आ-आफ्नो कथा व्यथाहरु सुनाए
मेरो सपनाको सम्मोहनभित्र तिनीहरु अटेनन्
के गर्नु र यहाँ आफ्नोपन नभएका सपनाहरु
म रमाउन सकिन म जिउन सकिन
मैले आफ्नो संसार सजाउन सकिन
मेरा हाँसोहरु असरल्ल भई छरिएनन्
आँखाका परेलीहरुमा शीतल छहराहरु बसर्िएनन्
जब अरु सपनाहरु भलै मायालु किन नहुन्
आफ्ना नभएपछि मैले सपना त देखिरहनु पर् यो
सपनाविनाको जीवन अधूरो हुन्छ
मानव सभ्यता र सपनाहरु
सपनाका कुरा गर्दै जाँदा यो ह्दयले ब्रम्हाण्डलाई छुन्छ
कति सपनाहरु न्याना न्याना
कति सपनाहरु प्यारा प्यारा
खै मन अमिल्दो प्रस्तुति भयो रंगमंचमा
समताभाव र आफ्नोपनको खडेरी पर् यो जीवनमा
तर के सबै सपनाहरु यस्तै हुन्छन्
यो जगतमा सपनाहरुको पनि सार हुन्छ
फूलहरुको पनि रङ्गीचङ्गी हार हुन्छ
मायाको पनि फरक फरक उपहार हुन्छ
साँचो सपना प्रेमिल गुाजन जीवनमा वहार हुन्छ
यी भावनाहरु प्रकृतिका जो इश्वरले पनि सुन्छ
यही भएर होला सपना मीठो मीठो लाग्या छ आज त
प्यारो प्यारो छ यो वातावरण
विषयवस्तुसँगै परिचित म
त्यो गहिराईमा डुबिसकेको म
त्यो हाँसोको चिरपरिचित म
मधुर-मधुर ध्वनि भित्रका अनेक श्रंृगार अनि आशाहरु
सलज्ज भाव र मनका चाहनाहरुसँगै छरिएका प्रकाशहरु
कतै मिलनका प्यालाहरुमा
म गएको छैन मधुशालाहरुमा
यो अद्भूत प्रकृति !
तिम्रो न्यानो छहारीमा देखेको मीठो सपना
सपना सपनै होस म सपनालाई माया गर्छु
सपनाको यो प्रेमिल जीवन म हर्षले पुलकित छु ।
विपनामा सपनाका कुराहरु सम्झिरहेछु
वरफ पग्लेसरि मेरा सपनाहरु नपग्लियून
परिवर्तनशील विश्व र असाध्यै परिवर्तनशील मान्छेको मन
प्रकाशको गति जस्तै कुदिरहने मान्छेको मन
ए मेरो सपनाको पात्र !
म मेरो सपनालाई बचाईराख्न चाहन्छु
म मेरो सपनालाई साकार बनाउन चाहन्छु
मलाई यही सपनाभित्र बाँच्नुछ
विन्ति छ मेरो सपनाको मृत्यु नहोस् ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *