– अनन्त लम्साल ‘बगर’

निरासामैँ दिनहरु काट्यो जिन्दगीले ।
अपजस् को धुलो मैलो चाट्यो जिन्दगीले।।

बेहिसाब दु:खका ति, कुल्ची डोबहरु ,
मोती बाँडी अश्रु बुंद,साट्यो जिन्दगीले।

खुम्चिएर तन्किएर, कैले खीइएर,
रैति रम्ने पिङ्को डोरी,बाट्यो जिन्दगीले।

आउँछ रे नाम भन्दै,गर्यो उपकार,
आश्वासनमा आफैँलाई,ढाँट्यो जिन्दगीले।

ओढाएरै आदर्शका बर्को फेरी फेरी,
बहुमुल्य आयु त्यसै झाँट्यो जिन्दगीले।

बागेशोरी ४,नुवाकोट
अनन्त लम्साल ‘बगर’को फेसबुकबाट साभार ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *