– हेमन्त परदेशी
जब देख्छु तिम्रो छायाँ, मेरै वरिपरि
सुनामीको झट्का लाग्छ , मन मुटुभरि
दोबाटोमा पर्खि पर्खि, थाकिसक्यौ होली
बर्षौ बर्ष बितिसके, भन्दा भन्दै भोलि
सागर् जस्तो हाम्रो मायाँ, बन्यो बगर् सरी
कति बिते माघे जाडो, कति साउने झरी
जब देख्छु तिम्रो छायाँ, मेरै वरिपरि
सुनामीको झट्का लाग्छ , मन मुटुभरि
पीर ब्यथा जे भए’नि, आँशु नझार है
चाँडै फर्कि आउँछु अब, मायाँ नमार है
आधा पेट खाउँला बरु, बनिबुतो गरि
दुख: सुख सँगै जिउँला, यो जिन्दगीभरि
जब देख्छु तिम्रो छायाँ, मेरै वरिपरि
सुनामीको झट्का लाग्छ , मन मुटुभरि
हाल, दोहा, कतार ।
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar