– भानु सुनुवार ‘तिरस्कृत’

१)
एक्लो जीवन
चाहाना छ कसैको
स्वार्थी हो मान्छे ।

२)
भाषण दिन्छौ
देशको सॆवा गर्ने
देश त रोयो ।

३)
सति सावित्री
किन गर्छौ नाटक
पोई फेरेर ।

४)
टुटेको मन
सपनाको विस्कुन
हाँसेर बसे ।

५)
हिलोको फुल
कस्ले टिपी लाउने
ओईली झर्यो ।

६)
रुन्छ यो मन
तिम्रो याद आउदा
भुलेर गयौ ।

७)
विस्कुन लागे
सहिदको सपना
अंश नमिल्दा ।

८)
हतार कस्तो
अरुको खुशी लुट्न
भोलि मर्नु छ ।

९)
रुप पुजिन्न
यो तिम्रो भ्रममात्र
कत्रो घमन्ड ।

१०)
कुर्चिको मोह
सिंहदवार भित्र
बाँदर पस्यो ।

११)
मान्छेहरु हो
मुटू कता हरायो
लुटेर हाँस्छौ ।

 

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *