– धन यक्सो
कसैले जीवन
सपना हो भन्छन
निधाइन्जेल देखिने
ब्युझे पछी सकिने
कसैले जीवन भित्र
संघर्ष नै संघर्ष देख्छन
कोहि जीवनलाई


प्रेमको प्रतिक मान्छन
प्रेम बिनाको जीवन
कल्पना बाहिरको ठान्छन
कोहि जीवनलाई
दुखको सागर हो भन्छन
त्यसैले-
जीवन रुदै जन्मन्छ
रुदै जिउछ
अन्त्यमा –
रुदै मर्छ
कोहि भन्छन
जीवन
दुइ बिपरित (लिंग )
स्त्री र पुरुषलाई
क्रमस;वाद र प्रतिवाद माने
शंस्लेष्ण हो जीवन
कोहि भन्छन
जन्मे देखि मृत्यू सम्मको
सुख -दुख
प्रेम-घृणा
मिलन-विछोड
आशु-हासो
सफलता-
असफलता
अनि
चीत्र-विचित्र
देखाइ र भोगाइ नै
जीवन हो
कोहि भन्छन
संसारलाई
रंगमंच मान्दा –
जीवन एउटा
नाटकको पात्र हो
अभिनयहरु-
देश बनाउने ,देश बेच्ने
डाक्टर ,इन्जिनियर
पाइलट,वकिल
शिक्षक नेता
अभिनेता
किसन-मजदुर
समाज सेवा
समाज पेल्हा
चोर-डाका
अहंकारी -बलत्कारी
डकर्मी -सिकर्मी
यौनकर्मी ,नकर्मी
धर्मि,अधर्मी
यसरि-
रंगमंचमा
अभिनय गरदा -गर्दै
निर्देसक्ले पात्रको
अभिनय खतम
भएको जानकारी संगै
का–लो पर्दा
जीवनको अगाडी
गुम्लुंग गरेर झर्छ
यसरि-
यो संसारबाट
परिभाषा गर्ने नसकिएको
जीवन सदा- सदाको लागि
मानव समाज बाट
गायब हुन्छ …………
तर अझै जीवन के हो ?
कसैले भन्छन –
जीवन
कर्कलाको पानि हो
तर म भन्छु-
दुई मुटु बिचको
पवित्र प्रेमको
अमर कहानी हो
जीवन….?
३१/०५/२०१०

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *