बाँझो खेत्मा बीऊ छरेर के फाइदा
घाटाको व्यापार गरेर के फाइदा
पढ्नको गाह्रोले एक थरी भन्छन्
पाइन्न जागीर पढेर के फाइदा
शहरका घरबेटी सबै उस्तै हुन्
डेराबाट डेरा सरेर के फाइदा
जाबो बाच्छाले हेपेर खेद्दैछ भने
मृगलाई ओरालो झरेर के फाइदा
लाख कोशिश गर तापनि अडिदैन
डोकोमा दुध व्यर्थ भरेर के फाइदा
मनपरेको माया भेटिन्न भने त
त्यो आँधीखोला तरेर के फाइदा
तामाको गाग्री यदि फोहर छ भने
त्यो स·लो पानी भरेर के फाइदा
उक्लिए पनि आखिर ओर्लनैपर्छ
त्यो सगरमाथा चढेर के फाइदा
शहिदको प्राप्ती मात्र शालिक रहेछ
आवेशमा बित्था मरेर के फाइदा
पोखरा
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar