दिनेश आचार्य ‘मन्डू’

तिम्रो चोखो साथ मागे मैले पुज्ने देउता संग

जुनी भरलाई हात मागे मैले पुज्ने देउता संग l

मागी राछु स्वच्छ मनले यदि दिन्छन भने,

तिम्रो नाउको जात मागे मैले पुज्ने देउता संग l

साच्चै ढुंगा भित्र इशको आत्मा बस्या भए,

पुर्णिमाको रात मागे मैले पुज्ने देउता संग l

खहरे भइ बगाई लाने भदौरे झरी हैन,

पिरतीको बर्सात मागे मैले पुज्ने देउता संग l

लखनपुर-१ झापा
हाल-अबुधाबी

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *