मैले सधै फूल्नु पर्छ, तिमी यस्तै भन्छौ भने,
फूलिदिन्छु बाह्रैमास, तिमी माली बन्छौ भने ।

सधै सधै यस्तै लाग्छ, तिमी भए केही गर्छू,
उस्तै उस्तै मन मिले, ओठ भरि खुखी भर्छु ।
दिल भित्र राख्नलाई, बस्ने ठाँउ खन्छौ भने,
फूलिदिन्छु बाह्रैमास, तिमी माली बन्छौ भने ।

ढली बस्दा अधेरीमा, तिमी आयौ जून बनि,
उदास यो जिन्दगीमा, धेरै लायौ गुण पनि ।
हजारौको भीडमाझ, मान्छे भनि गन्छौ भने,
फूलिदिन्छु बाह्रैमास,तिमी माली बन्छौ भने ॥

साभार: http://bhanutiraskrit.blogspot.com/

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *