कृष्णबहादुर कुंवरको अध्यक्षतामा सञ्चालक समिति गठन
पोखरा, माघ २२ ÷ मझेरी बचत तथा ऋण सहकारी संस्थाको प्रथम साधारण–सभा
कृष्णबहादुर कुंवरको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गर्दै
शनिबार मझेरी पाटनमा सम्पन्न भएको छ ।
संस्थाको उपाध्यक्ष, सचिव तथा सहसचिवमा क्रमशः राजुकुमार थापा, हरी जि.सी.
तथा दिनेश कुंवर एवम् सदस्यहरूमा केशबहादुर गरुङ, पार्वती ढुंगाना, खेमराज
अधिकारी तथा मदन सि.के. चयन हुनुभएको छ । संस्थाले कोषाध्यक्ष तथा थप

दुई सदस्यको चयन नवगठिन कार्यसमितिले पुरा गर्ने निर्णय गरेको छ । त्यस्तै
गरी लेखा, ऋण लगानी तथा शिक्षा उपसमितिका संयोजकमा क्रमशः महेश कार्की,
किरण पौडेल तथा मथुराप्रसाद पौडेल चयन हुनुभएको छ भने सदस्यहरूमा
महेन्द्रराज बराल र कमलराज ढुंगाना सर्वसम्मत हुनु भएको छ । थप चार उपसमिति
सदस्यहरू पछि चयन गरिने जनाइएको छ ।
यस अघि सम्पन्न अधिवेशन समुद्घान समारोहमा बोल्दै प्रमुख अतिथि रहनु भएका
नेपाल राष्ट्र बैंकका सहायक व्यवस्थापक तथा कवि दूर्गाबहादुर शाह ‘बाबा’ले
नेपालको ग्रामिण अर्थतन्त्रको विकासमा सहकारीले अद्वितीय भूमिका खेलेको
बताउँदै जनताको जीवनस्तर उकास्न मात्रै नभै आपसी भाइचारा तथा सद्भावको
विकासमा समेत सहकारीको योगदान रहने बताउनु भयो ।
कार्यक्रमका सभापति तथा सहकारी संस्थाका संस्थापक अध्यक्ष गनेस पौडलले
सहकारीले निम्न तथा निम्न–मध्यम परिवारकाले समान्य ऋणका लागि साहुको मुख
ताक्ने बाध्यताको अन्त्य गरेको बताउँदै संस्थाले पशुपालन, अर्गानिक खेती मात्रै
नभई स्थानीय पर्यटनका सम्भावना पहिल्याई लगानी केन्द्रित गर्न सकेमा मात्रै
जनताको जीवनस्तार सुधार गर्न योगदान रहन सक्ने बताउनु भयो ।
कार्यक्रमका दौरान स्वागत बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विमल भण्डारी,
उपाध्यक्ष भीमबहादुर कुंवर, अमरप्रसाद ढुंगाना, पशुपति पौडेल, साहित्यकार
छन्दमणि त्रिपाठी तथा निर्वाचन समितिका संयोजक वलराम कार्कीले शुभकामना तथा
बधाई मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन सचिव हरी जि.सीले
गर्नुभएको थियो ।
Regards,
Ganesh Paudel
(Founder Chairperson)
Majheri Saving and Credit Co-operative Ltd.
Pokhara-14, Majheri Patan
Cell No: 9746029634

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *