अनेसास इजरायल च्याप्टर
नेपालीहरूको महान पर्व हरितालिकाको अवसर पारेर मिति सन २०११ सेप्टेम्बर ३ शनिवार इजरायलको तेलअभिभ शहरमा अनेसास इजरायल च्याप्टरद्वारा गजलकार भगवती बस्नेतको गजलसङ्ग्रह “रहर भो जिन्दगी” विमोचन गरिएको थियो । इजरायल च्याप्टरका अध्यक्ष कृष्णपक्ष थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा अनेसास केन्द्रिय सचिव हरि मानन्धर प्रमुख अतिथि तथा अनेसास इजरायल च्याप्टरका बरिष्ठ सल्लाहकार स्याम रोक्काको आतिथि रहनुभएको थियो ।
कार्यक्रम नेपाली राष्ट्रिय गान गाएर शुरू गरिएको थियो भने इजरायलमा कार्यरत नेपाली महिला अम्विका गौतमको आकस्मिक निधन भएकाले मृत आत्माको चीर शान्तिका लागि एक मिनेट मौन धारण समेत गरिएको थियो ।
कार्यक्रमलाई अनेसास इजरायल च्याप्टरका उपाध्यक्ष कुमार पौडेलद्वारा स्वागत गरिएको थियो भने स्वागत मन्तव्यकै अवसरमा भगवती वस्नेतद्वारा व्यस्त समयका वावजूद पनि गजलसङ्ग्रह निकालेर नेपाली साहित्यलाइ कहि न कहि ईटा थप्ने काम गर्नुभएकाले उहाँलाई बधाइ तथा कृतिको सफलताको कामनासमेत गर्नुभएको थियो ।
भगवती बस्नेतजीको गजलसङ्ग्रह “रहर भो जिन्दगी” विमोचन कार्यक्रमका प्रमुख अतिथि अनेसास केन्द्रिय सचिव हरि मानन्धर, विमोचन कार्यक्रमका सभापति कृष्णपक्ष थापा र अनेसास इजरायल च्याप्टरका उपाध्यक्ष कुमार पौडेलका साथमा भगवती बस्नेत स्वयं रहेर उक्त पुस्तकको विमोचन गरिएको थियो भने उक्त विमोचनमा अनेसास इजरायल च्याप्टरकि सदस्य सुमित्रा पौडेल पनि रहनुभएको थियो ।
विमोचन पस्चात पुस्तकका बारेमा बोल्नुहुदै इजरायल च्याप्टरका अध्यक्ष कृष्णपक्ष थापाले भगवतीजीसँग सामाजिक सञ्जालहरूबाट परिचय भएदेखि हामीहरू माझ परिचित हुनुभएको थियो भने वहाँले गर्नुभएको साहित्य साधनाका कारण उहाँको साहित्य सिर्जनाका रहरहरूले उब्जाएको “रहर भो जिन्दगी” आज हाम्रो हातमा पारेको समेत बताउनुभयो ।
मन्तव्यकै क्रममा कृतिकार भगवतीजीले आफ्नो रहरै रहरमा सिर्जना गरिएको सिर्जनाहरूलाई डायरीमा मात्रै राख्दा हराउने वा महत्त्व नरहने हुनाले तिनै सिर्जनाहरूलाई केहि अग्रजहरूको सहयोगले “रहर भो जिन्दगी” पुस्तकको रूपमा परिणत गर्न सकेकिले निकै उत्साहित र हर्षित भएकिसमेत बताउनुभएको थियो भने ती सर्जकहरू ज–जस्ले भगवतीजीको यस यात्रामा हृदयदेखि सहयोग गर्नुभयो, सबैलाई हृदयदेखि नै आभार तथा धन्यवाद व्यक्त गर्नुभएको थियो ।
मन्तव्यकै क्रमममा कार्यक्रमका प्रमुख अतिथि अनेसास केन्द्रका सचिव हरि मानन्धरले भगवती बस्नेतसँगको परिचय पछि वहाँले गर्नुभएको साधनामा बारम्बार भलाकुसरी भैरहने हुनाले वहाँका यस कृतिमा सज्जित धेरै सिर्जनाहरूमा पहिले नै परिचित भैसकेका र एकापसमा सल्लाह सुझावहरू आदानप्रदान हुने हुँदा वहाँसँग साहित्यको बाटोमा धेरै समय सँगै भएकाले वहाँको “रहर भो जिन्दगी” एक उत्कृष्ट कृति रहेको भन्दै कृति भित्रैबाट पछिल्लो समयमा भगवती बस्नेतजीले व्यक्तिगत रूपमा शेयर गर्नुभएको गजल “अपुरै भो तिमीसँग हाँस्ने रहर आखिरी” वाचनसमेत गरेर सुनाउनुभएको थियो ।
कार्यक्रमको अन्तमा इजरायलको व्यस्त समयमा पनि अमूल्य समय खर्च गरेर भगवती बस्नेतको रहर भो जिन्दगीको रहरहरूमा सामेल हुन इजरायलमा कार्यरत धेरै भन्दा धेरै नेपाली साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा उपस्थित साहित्य अनुरागीहरूले आ–आफ्नो सिर्जनाहरू समेत बाचन गर्नुभएको थियो । सिर्जना बाचन गर्नुहुनेहरूमा इजरायल च्याप्टरकि कार्यकारी सदस्य दिप्स शाह – गजल तथा कविता, सुमित्रा पौडेल – गजल तथा कविता, कल्पना भावुक – गजल तथा मुक्तकहरू, सुनिता राई – कविता, हरि मानन्धर – गीत र स्याम रोक्काद्वारा गजल वाचन गरिएको थियो ।
विमोचन कार्यक्रममै इजरायलमा रहेर गीति एल्वम नेपाली तथा इजरायली बजारमा ल्याउनुहुने गायक ओम प्रसाद प्रसाईँले आफ्नो रचना तथा स्वरमा रहेको गीत गाएर सम्पूर्ण उपस्थित साहित्यिक मनहरूलाई मनोरञ्जन दिनुभएको थियो ।
उक्त विमोचन कार्यक्रम, च्याप्टरका कोषाध्यक्ष सुमन कार्कीद्वारा कार्यक्रमका बीच–बीचमा सहभागी साहित्यिक मनहरूलाई उत्साहित र मनोरञ्जन भरेर सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रमको समाप्ति पस्चात उक्त कार्यक्रममा सहभागीहरूलाई तीजको दर तथा खाना नास्ताको व्यवस्था गरिएको थियो ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Hari sir please use your own your password now ur password is hari12345 thanks sir for your kind cooperation your name will be in editor list

Leave a Reply:

Your email address will not be published. Required fields are marked *