संसार विचित्र छ । यस विचित्रताभित्र कति सम्पन्न र कति विपन्न जन्मन्छन् अनि कति मुर्ख, ज्ञानी र सारस्वत प्रतिभाको जन्म हुन्छ, ती कसरी आउँछन् र आफ्नो काम सकेर सुटुक्क बिदा हुन्छन् यो सबको लेखाजोखा गर्ने काम सुगम छैन र यहाँ सम्भव पनि हुँदैन । विचित्र संसारको नेपालीवाङ्मयको लागि एक विचित्र उपलब्धि अनि अनुपम प्रतिभाका रूपमा लक्ष्मीप्रसाद देवकोटाको अभ्युदय नेपालीसाहित्यमा एक ऐतिहासिक अध्यायका रूपमा रहेको छ । यिनै साधक देवकोटाको व्यक्तित्व र कृतित्वको सिंहावलोकन यहाँ गरिनेछ ।

१. जन्म र बाल्यकाल

योगी नरहरिनाथका लेखाइअनुसार सेती अञ्चलको अछाम जिल्लामा देउकोट नामको गढी छ त्यसै ठाउँका बासिन्दाहरू देवकोटा कहलिन लागे । तिनै देवकोटा बझाङ र जुम्ला हुँदै गोरखामा आए । श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको दिग्विजयका साथसाथै पं. विद्याधर संवत् १८२५ मा काठमाडौंको भोटाहिटीमा आएर रहन लागे । यिनकै वंशमा तिलमाधव देवकोटा भए । यिनी भोटाहिटीबाट धोबीधारामा बसाइ सरे । पिता तिलमाधव देवकोटा र माता अमरराज्यलक्ष्मीदेवीबाट संवत् १९६६ साल लक्ष्मीपूजाका दिनमा तर्थमाधवनामक एक बालकको जन्म भयो । तिनै बालक नेपालीसाहित्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटा नामले परिचित भए । गाईतिहारे औँसीका दिन लक्ष्मीको आराधना, पूजा गरिसकेपछि जन्मेकाले पिताले उनको नाम लक्ष्मीप्रसाद राखेका भए पनि उनको जीवनदर्शन, क्रियाकलाप र रचनाकर्ममा सरस्वतीको प्रसाद व्यापक भएर रह्यो ।

संस्कृतवाङ्मयको राम्रो प्रभाव रहेको वंशमा जन्मेका लक्ष्मीप्रसाद देवकोटाको बालककालमा संस्कृतको अध्ययन पितामार्फत भए पनि अङ्ग्रेजी पढ्नतर्फ उनी विशेष संलग्न गराइए । किनभने त्यसैवेला पनि संस्कृत पढ्नेको भन्दा अङ्ग्रेजी पढ्नेको धाकरवाफ बढी हुने र पैसा पनि राम्रो कमाउन सक्ने स्थिति थियो । देवकोटा कखरा पढ्दापढ्दै निकै बिरामी भएका थिए । त्यतिखेर उनी चार वर्षा थिए । त्यसवेला स्वास्थ्योपचारको रूपमा धामीझा“क्री र तान्त्रिकहरूको प्रमुख भूमिका हुँदा सोही विधानअनुसार निको भए । कवि एवं संस्कृतका ठूला विद्वान् तिलमाधव देवकोटाको लालनपालनले देवकोटामा

२. शिक्षा र कवित्वको प्रारम्भ

लक्ष्मीप्रसाद देवकोटाको घरमै संस्कृतको अध्ययन चल्दै थियो तीक्ष्ण प्रतिभाको स्फुरण हुँदै गयो र पठन, लेखन र गहन चिन्तनप्रति देवकोटाको ध्यान केन्द्रित बन्यो । तर अङ्ग्रेजीको प्रभाव विशेष देखिँदा सं. १९७७ मा दरबार हाइ स्कूलमा पाँचौँ कक्षामा देवकोटा भर्ना गरिए । पन्ध्र वर्षो उमेरमा मनदेवीसँग उनको विवाह भयो भने सोह्र वर्षो उमेरमा उनी पटनाबाट प्रथम श्रेणीमा म्याट्रिक पास भई हुने बिरुवाको चिल्लो पात देखाउन सफल भए । त्यसपछि उनले बी.ए. पास पनि सजिलैसित गरे । पटनाबाटै उनले बी.एल. पनि गरे । साहित्यमा गहन चाख भएका सारस्वत प्रतिभा देवकोटा साहित्यको अध्ययन चाहन्थे तर पनि उनी कानूनको उपाधि लिन पुगे । परिस्थिति बलियो थियो, जागीर खाएर घरको आर्थिक समस्या समाधान गर्ने आग्रह बाबुआमाको भए तापनि उनले आफ्नै जोडले जागीरमा नअलमलिई अङ्ग्रेजीमा एम.ए. गर्ने विचार गरी अध्ययन पनि प्रारम्भ गरे तर सं. १९९१ र १९९२ मा क्रमशः आमाबाबुको निधन भएकोले उनले एम.ए. गर्नै पाएनन् । त्यसपछि अध्ययनका लागि उनलाई परिस्थितिले साथ दिएन ।

उनले दशै वर्षो उमेरमा भवसागर पार गर्ने समस्यालाई लिएर कवितायात्राको शुभारम्भ गरेका थिए । त्यसपछि खास रचना नदेखिए पनि पच्चीस वर्षो उमेरमा सं. १९९१ मा गोरखापत्रमा पूणिर्माको जलधि कविता देखा पर्‍यो । यसपछि कविता र काव्यको भलबाढी चल्न लाग्यो । यसैकारण उनले गोसाइकुण्डको यात्रा गरे, यस यात्राको मनोरम वर्ण्र्ाापहाडी जीवन निबन्धमा अङ्कित छ भने मुनामदन, लुनी, ह्मेन्दु जस्ता काव्यहरू पछि यसै यात्राबाट प्रादर्र्भूत उपलब्धि हुन् ।

३. व्यक्तित्व

घरायसी आर्थिक समस्या र्टार्न अध्ययनकालदेखि नै टयुशनमा संलग्न एउटा टयुटर, देशमा प्रजातन्त्रको स्थापनामा सघाउ पुर्‍याउने युगवाणी २००४ को सम्पादन गर्ने कुशल सम्पादक, नेपालीभाषानुवाद परिषद्को एक जागीरे, पढाउने एउटा प्राध्यापक, नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान २०१४ को सदस्य, तीन महीनाको लागि देशको शैक्षकि नीतिनिर्धारक शिक्षामन्त्री जस्ता पदमा सुशोभित हुँदै नेपाली शिक्षा परिषद्को सदस्य, काव्यप्रतिष्ठानका अध्यक्षजस्ता पदमा रहने लक्ष्मीप्रसाद देवकोटाले २००९ सालमा करफोकको नेपालीभाषा प्रचारक सङ्घको निमन्त्रणामा कालिम्पोङको भ्रमण गरे । उनले २०११ सालमा दिल्लीमा भएको एसियाली जनसम्मेलनमा भाग लिई गौरव बढाए । २०१२ सालमा उनी त्रिभुवन विश्वविद्यालय आयोगका सदस्य बने । देवकोटाकै नेतृत्वमा एसियाली लेखकसम्मेलनमा भाग लिन नेपाली साहित्यिकहरूको प्रतिनिधिमण्डल दिल्ली गयो । २०१५ सालमा उनलाई तासकन्दबाट एसियाली लेखकसम्मेलनमा भाग लिन निम्तो आयो । स्वास्थ्यले गर्दा भाग लिन जान धरमर भए पनि भाषा र साहित्यप्रतिको अगाध निष्ठाले उनी तासकन्द गए । त्यहाँ नेपालको गौरव बढाए र उनले आफ्नो प्रतिभाको परिचय दिए ।

स्वास्थ्यको उपचारका लागि देवकोटा मास्को गए । स्वास्थ्योपचार गरी उनी स्वदेश आए तर विनाअनुमति मास्को गएको भनी नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट देवकोटाको भत्ता रोकियो । त्यसपछि उनको खानपानको राम्रो व्यवस्था हुन सकेन । फलस्वरूप उनको रोग बल्झयो, निको नहुने गरी । यसरी देवकोटाको व्यक्तित्व एकातिर चमकदार छ भने दुईदुई छोराको निधन, पारिवारिक बोझ, आर्थिक समस्या, टयुशन र चुरोटमा रुमल्लिएर दिन बिताउनुपर्ने विवशताले ढाकेको थियो । तैपनि यी समस्याका लहरीलाई सहजै पर सार्दै उनले नेपालीवाङ्मयको उत्थान र विकासमा आफ्नो अमूल्य योगदान प्रस्तुत गरे । मरणोपरान्त त्रिभुवनपुरस्कार पाउनु र जनताबाटै महाकवि भनेर कहलिनु उनले पाएको ठूलो सम्मान हो । उनका कृति लोकप्रिय बन्नु पनि उनीप्रतिको सम्मान नै हो ।

४. कृतिहरू

लक्ष्मीप्रसाद देवकोटाका फुटकर कविता, कथा, निबन्ध यत्रतत्र छरिएर रहेका अनि बेचिएका र अरुका नाममा प्रकाशित भएका कति छन् कति ( पुस्तकाकारमा प्रकाशित कृतिहरू र तिनको सङ्क्षिप्त परिचय यहाँ दिइन्छ:

१.मुनामदन(झयाउरे लोकलयमा रचित, वियोगान्त कृति, कविका पुस्तकाकारमा प्रकाशित कृतिमध्ये पहिलो, प्रथम संस्करण १९९२ चैत, अनि लोकप्रिय काव्य, सरलता, सरसता र सामाजिकताले युक्त, हालसम्म करीब १ लाख पचास हजारप्रति छापी प्रकाशित भइसकेको।

२.सावित्री सत्यवान् (पौराणिक कथामा आधारित)( नाटक, प्रथम संस्करण सं. १९९७, अनुष्टुप् छन्दमा सूक्तिमय शैली, रोचक अभिव्यक्ति र प्रभावकारी प्रस्तुतीकरणले प्रौढ कृति बनेको।

३.राजकुमार प्रभाकर (खण्डकाव्य)( पहिलो संस्करण १९९७, प्रभाकरको चरित्रमा आधारित    रोचक काव्य,

४.प्रसिद्ध प्रबन्धसङ्ग्रह (प्रबन्धहरूको सङ्गालो)( अङ्ग्रेजीसाहित्यको नवशास्त्रवादी र स्वच्छन्दतावादी युगका प्रसिद्ध निबन्धकारका निबन्धहरूको नेपालीमा अनुवाद,             पहिलो संस्करण सं. १९९८,

५.बिग गेम सूटिङ इन नेपाल (शिकारनिबन्धहरू)( यस पुस्तकको प्रकाशन मिति सं. १९९९, (अङ्ग्रेजी)मा जुद्धशमशेरको शिकारवर्णन हो । यो पुस्तक नित्यराज पाण्डेले ‘इ.ए. स्मिथिजको हो, अनुवादक मात्र देवकोटा हुन्’ भनेका छन् र कुमारबहादुर जोशीले चाहिँ लेखक नै देवकोटा भनेका छन् तर त्यस्ता निबन्ध आ“खाले नदेखी वा राम्रो अनुभव नगरी नलेखिने हुँदा र शिकारमा देवकोटा गएको नबुझदा नित्यराज पाण्डेकै भनाइ ठीक हो पनि भनिन्छ ।

६.शाकुन्तल (पौराणिक विषयमा आधारित महाकाव्य)( केवल तीन महीनाको फुर्सदको समयमा रचित यो महाकाव्य कविताको र अझ नेपालीसाहित्यकै सर्वोत्कृष्ट महाकाव्य मानिन्छ । यो कृति पौराणिक भए तापनि सामाजिक तत्त्व, प्रकृतिचित्रण, कल्पनाशक्ति( जस्ता कुराले उत्कृष्ट बन्न पुगेको छ । यस कृतिको र्सवप्रथम प्रकाशनमिति २००२ साल हो ।

७.लक्ष्मीनिबन्धसङ्ग्रह (आत्मपरक निबन्धहरूको सङ्गालो)( प्रस्तुत पुस्तकका आधारमा कुशल र सशक्त निबन्धकारका रूपमा देवकोटा उभिन्छन् । आफुले भोगेका, सोचेका, अनुभव गरेका र देखेका घटना र प्रसङ्गहरू मनोरम शैलीमा व्यक्त गरेका छन् । यस पुस्तकको प्रथम प्रकाशनमिति २००२ साल हो ।

८.कुञ्जिनी (खण्डकाव्य)( विभिन्न लोकलयमा एकै रातमा रचित प्रस्तुत कृतिको प्रथम प्रकाशनमिति २००२ साल हो ।

९.रजपूत रमणी (नाटक)( दरबारमा खेलाइएको प्रस्तुत नाटकको प्रथम प्रकाशनमिति २००९    साल हो ।

१०.सुलोचना (सामाजिक महाकाव्य)( प्रथम प्रकाशनमिति २००३ साल हो । केवल दश दिनमा रचित यो महाकाव्य नेपालीसाहित्यको एक उपलब्धि मानिन्छ ।

११.पहाडी पुकार (झयाउरेमा रचित क्रान्तिकारी कविताहरू)( प्रथम संस्करणको प्रकाशन २००५ सालमा, रक्सौलबाट प्रकाशित, राणाशासनको अन्ततिरको नेपालको आर्थिक र सामाजिक अवस्थाको काव्यात्मक चित्रण यस काव्यमा छ ।

१२.पुतली भाग १ (बालकवितासङ्ग्रह)( प्रथम प्रकाशन २००९ साल,

१३.पुतली भाग २ (बालकवितासङ्ग्रह)( प्रथम प्रकाशन २००९ साल,

१४.वसन्ती (गीतिकाव्य)( प्रथम प्रकाशन २००९ साल

१५.मैना (झयाउरेमा रचित खण्डकाव्य)( प्रकाशन २००९ साल,

१६.सुन्दरीजलमा (झयाउरेमा रचित खण्डकाव्य)( प्रथम प्रकाशन २००९ साल,

१७.भिखारी (कवितासङ्ग्रह)( प्रथम प्रकाशन २०१० साल, यसमा स्तरीय कविता छन् ।

१८.सुनको बिहान (बालकवितासङ्ग्रह)( प्रथम प्रकाशन २०१० साल,

१९.ह्मेन्दु (खण्डकाव्य)( भोटेसेलोमा रचित भावपूर्ण गीतिकाव्य, प्रथम प्रकाशन २०१५ साल,

२०.रावणजटायुयुद्ध (खण्डकाव्य)( प्रथम प्रकाशन २०११ साल

२१.जन्मोत्सव मुटुको थोपा (कवितासङ्ग्रह)( प्रथम प्रकाशन २०१५, यस पुस्तकमा देवकोटाकै भाइ मधुसूदनका कविता पनि परेका छन् ।

२२.छहरा (कवितासङ्ग्रह)( २०१२ सालमा रचित कविताहरू । तर प्रेसको गडबडीले ४८ पेज गायब, त्यसैले ४९ पेजबाट यो सुरु हुन्छ र यसलाई कविले द्वितीय खण्ड मानेका छन् । प्रथम प्रकाशन २०१६ मा,

२३.मृत्युशय्या (दुई कविताको एक रूप)( क्यान्सरबाट पीडित भएर कवि शान्तभवनमा रह“दा रचिएका दुई कविता । यिनको प्रथम प्रकाशन २०१६ मा भएको छ,

२४.चिल्ला पातहरू (कवितासङ्ग्रह)( प्रथम प्रकाशन २०१६,

२५.कृषिवाला (गीतिनाटक)( प्रथम प्रकाशन २०२२,

२६.लुनी (गीतिकाव्य)( प्रथम प्रकाशन २०२३,

२७.गाइने गीत (गीतसङ्ग्रह)( प्रथम प्रकाशन २०२४ । यसमा विभिन्न लयमा रचित भावपूर्ण गीतहरू छन्,

२८.सीताहरण (खण्डकाव्य)( रामायणको कथा भए पनि देवकोटाकै शैली, प्रस्तुतीकरण र प्रतिभाले मौलिक बनेको । प्रथम प्रकाशन २०२४ मा,

२९.महाराणा प्रताप (महाकाव्य)( प्रथम प्रकाशन २०२४ मा । यसको विषय मुगलकालिक भारतको इतिहाससँग सम्बद्ध छ,

३०.मनोरञ्जन (हास्यकवितासङ्ग्रह)( प्रथम प्रकाशन २०२४,

३१.भावनागाङ्गेय (कवितासङ्कलन)( प्रथम प्रकाशन २०२४,

३२.चम्पा (नेपाली सामाजिक उपन्यास)( प्रथम प्रकाशन २०२४,

३३.मायाविनी र्सर्सर्ीीखण्डकाव्य)( प्रथम प्रकाशन २०२४,

३४.दुष्यन्तशकुन्तलाभेट (गीतिकाव्य)( प्रथम प्रकाशन २०२४,

३५.वनकुसुम (प्रकृतिमहाकाव्य)( प्रथम प्रकाशन २०२४,

३६.नवरस (कोशकाव्य)( प्रथम प्रकाशन २०२५,

३७.आकाश बोल्छ (कवितासङ्कलन)( प्रथम प्रकाशन २०२५,

३८.कटक (वीरगाथापूर्ण काव्य)( यसमा नेपाली वीरहरूको महिमा अङ्कित छ । प्रथम      प्रकाशन २०३६,

३९.छागासँग कुरा (कवितासङ्कलन)( यसमा प्रकृतिको स्थूल रूपको चित्रण भेट्टिन्छ । प्रथम प्रकाशन २०२६,

४०.म्याकबेथ (अनुवाद)( प्रथम प्रकाशन २०२६,

४१.प्रमिथस (महाकाव्य)( ग्रीक पुराणको कथानकमा आधारित, गद्यशैलीमा रचित वीररसको महाकाव्य । प्रथम प्रकाशन २०२६,

४२.लक्ष्मीकथासङ्ग्रह (कथासङ्कलन)( देवकोटाका उपलब्ध लघुकथाहरूको सङ्कलन, प्रथम प्रकाशन २०२८,

४३.लक्ष्मीकवितासङ्ग्रह (कवितासङ्कलन)( प्रथम प्रकाशन २०३३,

४४.मैना (ठाकुर पराजुली र डा. वासुदेव त्रिपाठीको सम्पादनमा प्रकाशित)

४५.दाडिमको रूखनेर (निबन्धसङ्ग्रह)( सं. राजेन्द्र सुवेदी २०३९

४६.जिप्सी (खण्डकाव्य)( २०५८ मा प्रकाशित

४७.तुषारवर्णन (काव्य)( २०६० मा प्रकाशित

४८.लक्ष्मीगीतिसङ्ग्रह (साझा प्रकाशनद्वारा २०४० मा प्रकाशित

४९.पृथ्वीराज चौहान (महाकाव्य)( २०४९

५०.शाकुन्तल महाकाव्य (अङ्ग्रेजीमा)( २०४८

५१.द ब्यालेड अफ लुनी (अङ्ग्रेजीमा)

यी प्रकाशित पुस्तकहरूका अतिरिक्त देवकोटाका अप्रकाशित पुस्तकहरू पनि अझै बाकी छन् । यसरी प्रकाशित पुस्तककै आधारमा पनि देवकोटा एक महासागरका रूपमा देखिन्छन् । फुटकर प्रकाशित रचना र अप्रकाशित ग्रन्थराशिको त कुरै छोडौँ ।

५. कृतिगत मूल्य

देवकोटाका रचनाहरूको मूल्य आलोचकहरू के कसरी किटान गर्छन्, हेरौँ नमूना:

राहुल सांकृत्यायन देवकोटा एक्लैमा हिन्दीका प्रसाद, पन्त र निरालाका गुणहरू जमेका देख्छन् । बालकृष्ण सम देवकोटा तीनचोटि जन्मेको दाबी गर्छन्( एकचोटि मुनामदनमा, अर्कोचोटि शाकुन्तल महाकाव्यमा र अर्कोचोटि पागल कवितामा । देवकोटाबारे लेख्न बस्ता डा. वासुदेव त्रिपाठी कहाँबाट सुरु गरूँ र कहाँ खतम गरूँ भनेर अन्योलमा पर्छन् । कमल दीक्षति चाहिँ देवकोटाका कृतिका समूहलाई द्रोणाचलको संज्ञा दिँदै त्यहाँ फूल, लहरा र मृतसञ्जीवनीजस्ता बुटी भएको दाबी गर्छन् र सञ्जीवनी पहिल्याउन चाहिँ वैद्य सुषेणहरू चाहिन्छन् भन्ने विचार व्यक्त गर्छन् ।

collection from

http://www.trimurtinepal.com.np

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *