आदिकवि भानुभक्तको १९९ औ जन्म जयन्तिको अवसर पारेर कतारमा चौथो खुल्ला कविता प्रतियोगिता हुने /

अन्तराष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर तथा नवोदित साहित्यिक मोवाइल पुस्तकालय, कतारको संयुक्त आयोजनामा आदिकवि भानुभक्तको १९९ औ जन्म जयन्तिको अवसर पारेर चौथो खुल्ला कविता प्रतियोगीता—२०६९ को आयोजना गर्न गई रहेको सबै स्रष्टा/सर्जक र साहित्यप्रेमीहरुमा जानकारी गराउँदछौ । तलको सम्पर्क नम्बरहरुमा सम्पर्क गरि आफ्नो नाम र कविता दर्ता गराउनु हुन हार्दिक अनुरोध गर्दर्छौ ।

पुरस्कारका राशिहरु

प्रथम पुरस्कार – नेरु १०,०००/

दोस्रो पुरस्कार – नेरु ७,०००/

तेस्रो पुरस्कार – नेरु ५,०००/

सान्त्वना – नेरु २,०००/

उत्कृस्ट वाचन – नेरु २,०००/

कविता प्रतियोगिता सम्बन्धि केहि नियम र जानकारीहरु

१. कविता मौलिक र अप्रकाशित हुनु पर्ने छ ।

२. कविताले कसैको व्यक्तिगत जीवन र नैतिकतामा ठेस पुर्याउन पाईने छैन ।

३. राष्ट्र, राष्ट्रियता, जाति, धर्म, लिङ्ग र सामप्रदायी उथल पुथल ल्याउने कवितालाई प्रतियोगितामा सहभागि गराईने छैन ।

४. कतार सरकार साथै कतारको कानुनलाई मान्य नहुने भावार्थ भएको कवितालाई प्रतियोगितामा समावेश गराईने छैन ।

५. कविता २५० शब्द सम्म हुनु पर्ने छ त्यो भन्दा अधिक शब्द भएका कबिताहरुलाई प्रतियोगितामा समाबेस गराईने छैन ।

६. कविता १३ जुलाई २०१२ विहान ११ बजे भित्रमा उपलब्ध भइसक्नु पर्ने छ । त्यस भन्दा पछि या कार्यक्रममा आएका कविताहरुलाई सहभागि गराईने या वाचन गर्न दिईने छैन ।

७. विस्तृत् जानकारीको लागि नवोदित साहित्यिक मोवाइल पुस्तकालयको फेसबुकमा म्यासेज पठाउन सक्नु हुने छ ।

८ . कविता स-शुल्क दर्ता गराउनु पर्ने छ ! दर्ता शुल्क कतारी रियाल २० लाग्ने छ !

९. कविता प्रतियोगितामा हुन सक्ने विवाद र बराबरी अंकको समाधान निर्णायक मण्डलमा निहित रहने छ !

सम्पर्क व्यक्ति/नम्बरहरु –

दोहा/नेसनल – राजेस्वोर ढकाल – ७७९४३२९७, प्रेम लामा – ३३६८१७९१, राजेश रुम्बा लामा- ७७१९२४२०

सनैया – तीर्थ संगम राइ- ५५२३४८४५, चर्चित ढुंगेल – ७७१३६६३९, भोजराज दाहाल-३०१०३६७५, इन्द्रमणि नेपाल- ७७४०९०३४, हेमन्त परदेशी-३३२०३६९७, भानु सुनुवार-३३२६९८६६

अल साद – जगतराम बर्देवा- ६६७३४४१, अतृप्त कमल – ७७७६२८४९

अलखोर – दिलिप अविरल -७०१२५१०७,

सहानिया – अनन्त आशु – ७०३३१७२९

अल वक्रा- सन्तोस सगुन- ७०२३२७६०

ममुरा – कृष्ण क्षितिज राइ- ६६७९८६७४

नज्मा – प्रबिन राई – ७०३८९६६५

साउदी बोर्डर- राम ढुंगेल- ५५०१३५४१

(नोटः १३ जुलाई २०१२ का दिन नवोदित साहित्यिक मोवाइल पुस्तकालय, कतारको अधिवेशन (नया कार्य समिति २०१२-२०१३ को छनौट/गठन) पनि भएको हुदा संस्थामा आवद्ध हुन चाहाने इच्छुक साहित्य प्रेमीहरुमा सदस्यता फारम खुलेको जानकारी गराउर्छौ । उक्त अधिवेशनमा सल्लाहकारहरु, आजीवन, मानार्थ, बिशिस्ट, साधारण सदस्यहरु लगायत शुभ चिन्तक, आलोचक र साहित्यिक अनुरागीहरुमा उपस्थीतिको लागि हार्दिक अपिल गर्दछौ । )

कार्यक्रम स्थल/समय/ मिति

स्थान :- ढाका रेस्टूरेन्ड (नेशनल)

समय :- बिहानको १२.०० बजेदेखि

मिति :- १३ जूलाई २०१२ (शुक्रबार)

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *