भ्रुण छदै पनि क्रुर समाजको
छोरा चाहिने लिप्सामा कत्ले आम तुहाइन पुगि
जन्मदै खेरी पनि निर्दयतापूर्वक मारेर फालिन पुगि
किशोरी छदा फटाहाहरूको गिद्दे नजरबाट मात्र नभइ
पापी नंग्राबाट चिथोरिन पुगि
अलि ठुली भए पछि फूल झैँ
सिमाना पारी र खाडीका मुलुकहरूमा बेचिन  पुगि

उसलाई घरै सुरक्षित भएन
बिचरालाई शहर सुरक्षित भएन
उसलाई अस्पताल सुरक्षित भएन
उसलाई सार्बजनिक स्थल सुरक्षित भएन
स्कूल ,कलेज र कतै पनि सुरक्षित भएन

गिद्धरू उसका योनांगहरूमा आगो झोस्छन्
ब्वासाहरू उसको यौबनमा लुछाचुँडी गर्छन्
अमानबहरू उसका आशुहरू पानी सम्झन्छन्
ढोगीहरू  उसका कमजोरीहरूलाई हतियार ठान्छन्
पिपासुहरू नाता ,सम्बन्ध सबै भुल्छन्
रुढीवादीहरू  उसलाई बोक्सी मान्छन्

तर मनहरू चुपचाप छन्
आखाहरू मौन छन्
कानुनहरू तरल छन्
अखबारहरू फिका छन्
मान्छेहरू रमिते छन्
कोहि बोल्दैनन्
कोहि सुन्दैनन्

तर प्रत्येक घर घरमा छन्
एउटी एउटी अर्धाङ्गीनी
 एउटी एउटी छोरी
एउटी एउटी आमा
एउटी एउटी नारी
के  यो उसकै अपमान होइन र ...!

धेरै ढिलो भइ सक्यो
नारीमाथिको दुर्ब्यबहार बढेको बढ्यै छ
ए चेतनशील नारी पुरष हो ..!
यो बर्बरतामा अब चुप बस्नु हुन्न
जाग्नु पर्छ ,यौनका किराहरू निर्मूल पार्न
कम्भर कस्नु पर्छ क्रुरहरूको पर्दाफास गर्न .

किनभने -नारी पुजा हो
नारी जननी हो
नारी शक्ति हो
अहिले रोएको नारीको आत्मालाई
सहयोगी हातले साथ दिनु पर्छ
दुष्ट,पिसाचहरूको नाश गर्नु पर्छ .

विवेक दुलाल क्षेत्री "दमक "
दमक, झापा
हाल :अबुधाबी, यु ए इ .
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *