यो तिम्रो बुबाको पसिना
यो तिम्रो बुबाको सपना हो र
पूर्खाको कर्तब्य

यो चाहि अफगानिस्तान युद्धको
यो चाहि इष्टटिमोरको
यो चाहि मेसेडोनियाको
यो चाहि कोसभोको र
यो चाहि राम्रो सेवा गरे वापतको
यो अर्को चाहि सरकारले दिएको
सम्मान हो

स्वाभिमान छात्तिमा
लहरै सज्जिने यी शक्तिहरु
यीनै हुन तिम्रो जन्मदाता
जसले यो संसार तिमीलाई दियो

उ कहिल्य नफर्किने गरि
युद्धमा होमियो
अहिले पनि त्यो युद्ध चलिरहेको छ
चाडपर्व, उत्सव र खुसियालीमा
सुनामी बनेर
यी आँखा, पीडा र वेदनालाई
बगाई रहेको छ ।
त्यसैले यी स्वाभिमान विगतहरु हुन
त्यसैले यी ऐतिहासिक मेडलहरु हुन ।

२८ अक्टोबर २०१२, ब्रुनाई

नामः विश्वास दीप तिगेला
जन्मः १२ नोभेम्बर १९७६
जन्मस्थानः हात्तिखर्क २, धनकुटा, लिम्बुवान (प्रस्तावित)
हालः आसफोर्ड, केन्ट, वेलायत
श्रीमतिः भोज कुमारी लिम्बू
सन्तानः छोरी द्धय कल्पना, मलियना र छोरा तङनाम
पिताः मिल बहादुर लिम्बू
माताः टिकामाया लिम्बू

लेखकः
देश बोक्नुको पीडा २०६४ (नियात्रा संग्रह)
बोर्नियो परिचय २०६४ (भूगोल परिचय)
गृहयुद्धका पीडा २०६१, (नियात्रा संग्रह)
अभियान २०५६ (राजनैतिक शब्दावली संग्रह)
परदेशीका कोसेली कविताहरु २०५५ (कविता संग्रह)

प्रकाशकः
अपदस्त जिन्दगी (एकाङी नाटक संग्रह÷हरीराज खेवा २०५६)
इमानसिं चोत्लुङ (लिम्बू भाषाको महाकाब्य÷अमर तुम्याहाँङ २०६०)
आतङ्कको छाँयामुनि (कथा संग्रह÷राजकुमार दिक्पाल २०६१)
सोबुहाङ्सा (लिम्बू भाषाको खण्डकाब्य÷सेसेमी सेरेङ २०५८)
जीवन काँडा की फूल ? (आत्माकथा÷झमक घिमिरे सन् २०१०)
शृखला (कविता संग्रह÷लोकेन्द्र तिगेला, सन् २०११)

निर्माताः
मृद्धुल पदम (नेपाली र लिम्बू साहित्य बृत्तचित्र २०६२)

सम्पादनः
सौगात भित्रे पत्रिका (प्रधान सम्पादक २०५०÷५१)
वेदनाका आवाजहरु, वेलायत÷ब्रुनाई (प्रधान सम्पादक २०५०–२०६३)
पदम सिं सुब्बा ब्यक्तित्व र कृतीत्व (समुहगत २०६२)
जनविश्वास साप्ताहिक धनकुटा, (अतिथी सम्पादक २०६४÷६५)
धधध।लभउबष्ीिष्तभचबतगचभ।अयm प्रधान सम्पादक
इङघङ चौमासिक, वेलायत (सम्पादक २०६४)
धनकुटा सौगात (स्मारिका २०६५)

आवद्धताः
महासचिवः विश्व नेपाली साहित्य महासंघ, विश्व केन्द्रिय समिति
अध्यक्षः प्रवासी नेपाली साहित्य समाज, वेलायत÷ब्रुनाई
महासचिवः अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वेलायत सन् २००६ – २०१०
सह–महासचिवः नेपाली साहित्य विकास परिषद, वेलायत, सन् २००७ – २०१०
सचिवः धनकुटा प्रतिभा प्रतिष्ठान, वेलायत च्याप्टर
उपाध्यक्षः धनकुटा प्रतिभा प्रतिष्ठान, धनकुटा च्याप्टर
संस्थापकः अनलाइन नेपाली साहित्य मंच, वेलायत
सदस्यः ऐम्नेष्टी इन्टरनेशनल, लण्डन
सम्प्रति
२ आर. जी. आर. एजुकेशन सेन्टर, ब्रुनाई (वेलायती गोर्खा सेना अन्तर्गत)

भ्रमणः
वेलायत, वेल्जियम, नेदरल्याण्ड, जर्मन, क्यानडा, अमेरिका, बेलिज, फ्रान्स, दुवइ, ओमान, अफगानिस्तान, मासेडोनिया, मलेसिया, ब्रुनाई, सिंगापुर, थाइल्याण्ड, पूर्वी टिमोर, अष्टे«लिया, फिजी, चीन र भारत ।

पुरस्कार÷सम्मानः
१. अनेसास नारायण तथा जयन्ता वेभ पत्रकारिता पुरस्कार, अमेरिका, सन् २००७
२. साहित्य संगालो सम्मान, वेलायतद्धारा सम्मान–पत्र, सन् २०१०

सम्पर्कः
E-mail/Skype/Facebook: biswasdip@ymail.com,
Phone: 006738893020
Web: www.biswas.com.np

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *