म साइनपोष्ट
बर्षाैबर्ष देखि
स्थिर उभिरहेको छु
आआफ्नो गन्तब्य तय गरेर
ढृढ पाइलाहरु
मेरो सामुन्ने आएर
सोध्छन्
दाई, सर्वोच्च शिखर चुम्ने बाटो कुन हो ?
भाई, समुन्द्रको गहिराईमा डुब्ने पाटो कुन हो ?
म साइनपोष्ट
बाटो देखाई रहेछु उस्तैगरि
शिखरमा पुग्नेले
मलाई होचा देख्लान
गहिराईमा डुब्नेले
मलाई ओभानो देख्लान
तर म साइनपोष्ट
उस्तैगरि उभिरहेको छु
यहि बाटो भएर
कलेज र युनिभर्सिटी सम्म पुगेका छन्
सिपाहीहरुले काँधमा फूली भिरेका छन्
हरियो पर्खालबाट बाहिर पुगेका छन्
तर म साइनपोष्ट
उस्तैगरि उभिरहेको छु ।

१९ नोभेम्बर २०१२
लण्डन देखि ब्रुनाई हवाई यात्रामा

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *