आज पनि त्यहि झझल्को
त्यहि पीडा
उठ्दा, बस्दा सुत्दा पनि त्यहि झझल्को
म टुहुरोलाई
हेरचार गर्नुहुने मेरो काका जस्तैलाई
गोलि हानेर मारे
मेरो छोरा जत्रैलाई
ब्यानेटले रोपेर मारे
कुनैपनि प्राणीको हत्याहिंसा गर्न नपरोस भन्ने म ।
अभाग्यवस
त्यो पल कमाण्डर पनि संस्कार नमिल्ने प¥योे
म ग्राउण्डमा भिड्नेको कुरै सुन्दैनथ्यो
उसको हुकुम मान्नै पथ्र्यो
त्यस्तो अवस्था बन्ला भन्ने लागेकै थिएन

केहीछिनको लागि घर, बाटो छोडेर लुक
भाग् भाग् नदेख्ने ठाँउमा भाग्
मन भित्रभित्रै खवरदारी गरिरहेको थिए
थुइक म अभागी
म हत्यारा भए हत्यारा
जीवनभरको लागि हत्यारा
मैले किन पुजे त्यत्रो देवीदेवता
आफैलाई सोध्दै छु

मेरो नम्बरीको सहादत पछि
उनको श्रीमति र नानीहरुको के बेहाल भयो
रातदिन रोइ हिड्ने उनी आखिर पीरैपीरले मरि
पक्कै पनि त्यो मेरो गोलीले
हत्या भएकीे काकाकी श्रीमति
त्यसरी नै विलौना गर्दै होलिन्
नानीहरुको कस्तो बेहाल हुदै होला ?
उनका बृद्धा आमाबुबा कति रुँदाहुन ।
हो राइफलको एक गोलिले
धेरैलाई छेड्ने मात्र होइन
धेरैलाई मार्दो रहेछ
शोक, भोक, अभावै अभावमा ।

डाँडाका घामजुन
भगवान जस्ता बृद्धा आमाबुबाको सराप
पक्कै मलाई नै लाग्छ होला
युद्धपूर्व कैयौ मठमन्दिर गएकै थिए
तर हत्यारा भए, हत्यारा
अब म कहाँ जाँउ ?

जो युद्धको घोषणा गर्छन
तिनीहरु युद्धभूमिमा भिड्न पुग्दैन्न
त्यसैले युद्धको घोषणा गर्छन
हामी विभत्स पीडा, वेदना देख्छौ भिड्छौ
एक ग्रह देखि अर्को ग्रहमा विज्ञानको युद्ध चाहान्छौ
हामी सधैको लागि
मानव मानव बीचको युद्ध अन्त गर्न चाहान्छौ
तर, अफसोच सक्दैनौ ।

मर्नेहरु मरिगए
तर म हत्यारा सैनिक
ससरिर प्रत्येकपल मरिरहेको छु ।

विश्वास दीप तिगेला
biswasdip@ymail.com
ब्रुनाई

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *