उस्तै छ जागर
उस्तै छ सपना
उस्तै छ बचाइको अर्थ

 

महगि,
छलकपट
अहंकार
सबै उस्तै छ

 

सडकको पेटी  उस्तै छ
सानीको भट्टी उस्तै छ
विदेशिनेहरुको कलेटी अनुहार उस्तै छ
डलर कमाउनेहरूको अध्यारो शहर उस्तै छ

 

चर्केको  पार्टी जस्तै बिद्यालय जिर्ण छ
अस्पातलको पहुच बाहिरकी सुत्केरी झैँ अस्पताल बिरामी छ
आस्वासन मात्र बोकेको नेता झैँ सु ब्यबस्थाको पुरानै ताल छ
खेत बगाएको ,आगोले घर जलेको ,बबुरो जनताको बेहाल छ
नयाँ केहि छैन ,सबै उस्तै छ

 

यसैले
यो नया बर्षले केहि त नयाँ कुरा देओस्
क्यालेन्डर फेरिदैमा समय फेरिदैन भन्छन्
यस्तो धारणालाइ केहि गरेर बदलोस्
साच्चिकै नेपाल र नेपालीहरू सबैमा ,खुशीको लहर ल्याओस्.

 

दमक , झापा
हाल : अबुधाबी ,यू ए ई

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *