जिन्दगी आँसुको पोखरी झैं भयो नालमा मिर्किने टोकरी झैं भयो दर्दले स्वास नै बन्द पो हुन्छ कि ? हर्घडी कालको कोठरी झैं भयो रोगले बेसरी पेल्दछन् रातदिन् हेर यी अङ्ग नै जर्जरी झैं भयो बिर्संदै गैसकें बात ती प्यारका आज यो मष्तकै सुस्तरी झैं भयो हाँसने क्यै कुरा छैन लौ पासमा पल्पलै रुन्छ मन् बर्बरी झैं भयो आशमा अल्झिंदा व्यर्थभो"कोमल" कष्टले बाँच्नु याँ के गरी झैं भयो ( स्रग्विणी छन्द) SlS SlS SlS SlS कोमल भट्ट पुरानो नैकाप,काठमाडौँ हाल:-न्युयोर्क
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar