शिशिर सापकोटाको टोलीद्वारा हालै छायांकन गरिएको मेरो कविता–
हुटिट्याउँ!
मैले तिमीमा सिर्जना देखें
तिम्रो साहचर्यमा
शीतलता र सुन्दरता देखें
आत्मीय सन्निकटतामा
श्रम गरी हरियाली रोप्न खोजें
बलौटोमा बगैंचा बनाउन खोजें
उफ्!
मदान्ध हुटिट्याउँ
तिमी त
आकाश आफैंले धानेको ठानेछौ
आफ्नो गुड मात्र संसार देखेछौ
तिमीले वाटिका अप्रिय ठान्यौ
बगैंचामा गेग्र्यान थप्न खोज्यौ
मेरो क्षमतासँग जलन भई
सिर्जनाका मेरा नयनहरू
बालुवा छरी बन्द गर्न खोज्यौ
हावामा कावा खादै गगनमा
गति लिनुपर्ने ती पंखहरू
मेरो लक्ष्य र सन्मार्गको
विनाशमै आफ्नो भविष्य देख्यौ
मेरो सुन्दर सपना नास्न खोज्दा
आफ्ना कलात्मक प्वाँख चुडायौ
अनि
आफ्नो वासस्थान पनि उजाड्यौ
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar