शान्तिको छहारीमा बॉंच्न पाइयोस्
गुरॉंसझैफक्रिएर हॉंस्न पाइयोस् ।

आतङ्क र हिसालाई जरैदेखि ढालेर
च्यातिएका मनहरु विश्वासले टालेर
आपसमा सद्भाव गॉंस्न पाइयोस्
गुरॉंसझैँ फक्रिएर हॉंस्न पाइयोस् ।

ऑंसुका ती भेलहरु चारैतिर रोकेर
घाइते यो मातृभूमि पौरखले बोकेर
विश्वभर गौरवले नाच्न पाइयोस्
गुरॉंसझैँ फक्रिएर हॉंस्न पाइयोस् ।

हिजोका ती वैमनष्य आज सबै भुलेर
एकताको शंख फुक्दै गाउँ वेसी डुलेर
छातीभित्र राष्ट्रप्रेम सॉंच्न पाइयोस्
गुरॉंसझैँ फक्रिएर हॉंस्न पाइयोस् ।
०००

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *