“बसु ! आज —– है ?”
“के भन्नु भाको ?” – (लाडे स्वरमा)

“कस्तो नबुझे जस्तो गरेकी । आखिर हाम्रो प्रेम शुरु भएको पनि त एक बर्ष भई सक्यो, होईन र ?”

“ अँ, अनि के त ?”

“मैले तिमीलाई धोका दिने नै भए त यत्तिका समय बिति सक्दा तिमीले यसको बारेमा महसुस गरी सक्नु पर्ने होईन र ?”

“हो, मैले पनि कहाँ त्यसो भनेकी छु त ? मात्र…… रात …!”

(बिचैमा कुरो काटेर) “अँ बसु ! बुझ्छु म पनि । तर तिमीमा म प्रति विश्वास छैन जस्तो छ, होईन त ?”

“बिके ! कृपया गरेर त्यसो नभन –बिकेको मुख हातले छोपी दिन्दै) आखिर जहिले भए पनि म तिम्रै छु, तिम्रै हुन्छु, होईन र ? केही छ बाँकी अब ?”

बिके मुक रहन्छ । हुन पनि हो, उनीहरु एकापासको प्रेम बन्धनमा यसरी बाँधिई सकेका थिए, जसलाई केही गरे पनि टुटाउन, फुटाउन, चुँडाउन सकिन्नथ्यो । बिकेको पहाड झैँ  बिशाल छातीमा बसु लुप्त हुन पुग्छिन् । अनि बिके पनि सुखको लामो स्वास तान्दै, “बसु ! आज म तिमीलाई एउटा कुरा भन्छु, नरिसाउ है ?”

“हँ ! के कुरा ? रिसाउने खालको छ भने त रिसाउँछु नि ।” (गम्भिर स्वरमा) “त्यसो केही होईन, म चाहन्छु हुन सक्छ भने हामी केही बर्ष अलग–अलग बसौं, हुन्न ?”

(जिस्किएको भान पार्दै) “हुन्छ, तपाईलाई ठीक लाग्छ भने त्यसै गरौं । तर ….हामी बोल्ने कि नबोल्ने ?”

“किन, के गल्ती छ र नबोल्ने ?”

अब बिके दिन दिनै बसुको कोठामा जान कम गर्दै जान्छ । समय समयमा भेट भए तापनि पहिले जस्तो एकापासमा मन खोलेर गफ हुन छोडेको छ । बिकेलाई आफ्नो  पढाईकोमामला,उतातिर आफ्नो परिस्थिती, काठमाडौं जस्तो ठाउँमा, नाजुक हुँदै गएको महसुश हुन्छ । तसर्थ उ जति सक्दोे छिटो कतै कामको खोजीमा लागि रहेछ ।

प्रमाण पत्रको नक्कल र आबेदन फारम हजारौं कार्यलयमा दर्ता भै सके । अन्तरवार्ताको मिति तोकिए पछि कतै नाम निस्कने प्रतिक्षामा दिन बिति रहेको हुन्छ । दराज भरी गोरखापत्रले भरि सक्यो । दैनिक छापिएका बिज्ञापन कण्ठस्थ भै सके । बिकेलाई अब कुनै कार्यलयमा जागिर पाउने आशा हराउँदै गएको आभास हुन्छ । उतातिर बसुलाई नभेटेको धेरै दिन भई सक्यो । बिके मनमनै सोच्दथ्यो , बसुले आज सम्म म प्रति बिश्वास नगर्नुको कारण म जागिर बिहिन हुनु नु हो । उसको मन झन हतासिन्छ । सायद अब त झन उनले थाहा पाई सकी होलिन । यसरी मैले बिज्ञापन थुपार्दै कामको खोजिमा दिन बिताएर पनि केही हात परेन । मैले अब उनलाई भेटें भने कसरी बोल्ने ? बिके आफुले आफैँलाई  लाई घृणा गर्दथ्यो । अनि त्यो समाज देखि घृणा लागेर आउँदथ्यो । जहाँ सुकै शक्तिको कुरा छ । नाताबाद, कृपाबादको कुरा छ । अब यो प्रमाण पत्रको महत्व छैन । योग्यताहिनहरुले ओहदा ओगटि रहेछन् । उसलाई यो निर्णयहीन समाज देखि दिक्क लाग्छ । त्यहाँको परीस्थिति पनि त्यस्तै छ । काम गर्ने ठाउँ नै छैन । जनशक्ति पर्याप्त मात्रमा छन्, तर कामको लागि लाम लाग्दा लाग्दा हात लाग्यो सुण्य छ । अब बिके खुब सोचाईमा डुब्दै जान्छ । यस्तैमा एक दिन अचानक एक जना लाहुरे सँग भेट हुन्छ । कुरै कुरामा उसलाई पनि बिदेशिने रहर लाग्छ । अब उ बसुको कोठामा जाने निर्णय गर्छ ।

उतातिर बसुलाई क्षणभर बिताउन पनि बर्षौं लागि सक्यो । जिस्किएको भरमा के बिके म संग टाढा भई सक्नु भो त ? आपूmलाई प्रश्न गर्छिन । मनमा उही कुरा हजारौं पटक दोहोरिन्छन् , “हामी केही बर्ष अलग अलग बसौं । हुन्छ, तपाईलाई ठीक लाग्छ भने त्यसै गरौं ।” बसु पश्चातापको ज्वालामा जलिरहेछिन् । शान्ति छैन उसको मनमा । मानौं उनी पानी बिनाको माछा झैँ  छिन् । यस्तै छटपट्याई पूर्ण जीवन एउटा कोठामा गुम्सिएर बिताई रहेछिन् । यस्तैमा ढोका कसैले ढकढकाउँछ । उनी हतार हतार कपाल मिलाउँदै, गाजल सोझ्याएर, “को हँ ? पख्नोस्, म आएँ ।” आँखा भरि बिकेको अनुहार सजाएर ढोका खोल्न पुग्छिन् । एक हुल केटाकेटीहरु जिस्कँदै दौडन्छन् । एकछिन चुपचाप ढोकामा उभिन्छे । अनि सम्हालिन्दै दराजबाट पुस्तक झिकेर पढ्न थाल्छिन् ।

फेरी ढोका ढकढकिन्छ । हतार हतार अनुहार पुछेर न्यास्रोपन हटाउँदै, “पख्नुस् , म आएँ ।” बिके आउँदा उनी यसो भन्ने गर्थिन । ढोका स्वाट्ट खोल्छिन, पानीको घैंटो बोकेकी घरबेटी दिदीलाई ढोकामा उभिएकी देखेर सोध्छिन, “किन दिदी ? “गो छिमी पासा म व ला ?” (नेवारी भाषामा) “खै तिम्रो साथी आएको छैन ?” आजकाल आएको देख्दिन नि ! केटा मान्छेहरु निष्ठूरी हुन्छन् । चाहेको जस्तो भएन भने जे पनि गर्न सक्छन् । होस गर है बसु !” उनी बाटो लाग्छिन् । बसु एकोहोरिएर टोलाई रहन्छिन् । उही शव्द दोहोरिन्छन् फेरी, “निष्ठूरी हुन्छन् । चाहेको जस्तो भएन भने जे पनि गर्न सक्छन् ।” पश्चतापको ज्वालामा घ्यू थपे भैंm जल्छिन उनी । कतै मैले बिकेलाई चाहे जस्तो पुर्याउन नसकी मलाई यसरी एक्लै छोडेको त होईन ? होईन, बिके मलाई त्यसो गर्न सक्दैनन । मनमा अनेकौं तरंगहरु यसरी उठ्दै किनारामा ठोकिए झैँ  आफैलाई   शान्त पार्छिन् । फेरी पुस्तक टिपेर कुर्सीमा बस्छिन् । क्षितिजमा ढल्किंदो सूर्यको किरणले रंगिएको छ, मानौं त्यहाँ करोडौं प्राणीहरुको हत्या गरिएको छ । रंगिन आकाशमा बादलका टुक्राहरु वरीपरी छरिन्दै बिलिन्छन् । अब काठमाडौं खाल्डो बिस्तारै अँध्यारोले ढाक्दै छ । समय बित्दै जान्छ, चुक घोप्टिए झैँ  अँधेरी रातले घेरिएको छ । उनी बिजुलीको स्वीच थिच्न पुग्छिन् । वास्तबमा उनीलाई केही उज्यालो चाहिएको छ । तर उनलाई चक्कर लागेको भान हुन्छ । जीवन अन्धकारमा डुबेको आभास छ । उनलाई खान मन लागेको छैन, प्यास छैन, निद्रा छैन । झोक्रिएर पछ्योरीको छेउले आँसु पुच्दछिन । ती बितेका दिनहरु सामु छर्लङ्ग हुन्छ । मनमा शान्ति कदापी छैन । यस्तैमा उनलाई बिके संगको पहिलो भेटको याद आउँदछ ।

बिहानी पख, काठमाडौं खाल्डो हुस्सुले डम्म ढाकेको छ । आज बसु सदाको भन्दा सबेरै उठेर स्नान गर्छिन । अनि आफुलाई मन पर्ने कलेजी रंगको साडीमा रंग मिल्ने ब्लाउज अनि स्वेटर लगाउँछिन । आँखामा ईन्दे्रनी झलकने गाजल, ओंठमा मधुरो लाली, साधरण गहनाहरु, कानमा लामो चुच्चो रिंग चटक्क सुहाएको छ । कपाल मिलाउँदै ऐना सामु उभिन्छे । ओंठमा लाली अलि बढी भएकोले रुमालले मिलाउँछिन । अनि झोलामा मिलाएको सामान लिएर क्याम्पस तर्फ प्रस्थान गर्छिन । वरीपरी हुस्सुले अझै छाएकै छ । पाँच मिटर टाढाको बस्तु पनि राम्ररी ठम्याउँन सकिएको छैन । बाटोको छेउछाउका बिजुलीको खम्बाहरु बादल भित्र लुके भैंm देखिन्छन् । मूल सडकमा बाटो ठम्याउँन नसक्दै गुडाईएका गाडीहरु भू-उपग्रह झैँ  भान पार्दछन् । कपालमा शित पर्ने डरले घुम्टोले ढाकेकी छिन । परेलीमा चिसो शित नजमिएको होईन, तर उनलाई क्याम्पस हाताभित्र पुग्ने हतासले खुट्टा लम्काउँन जरुरी परेको छ । किन कि आज प्रविणता प्रमाण पत्र दिवा समूहको छात्रछात्राहरुको आखिरी बनभोजको दिन हो ।

समयमै सबै जना भेला हुन्छन् । सायद कक्षाका सम्पूर्ण साथी संगीहरु एकै साथ भेला भएको दिन आज मात्र होईन होला । त्यसैले हुन सक्छ सबै जना प्रफुल्ल देखिन्छन् । जसमा बिके पनि सम्मिलित छ । उ अलि कति गम्भिर, भाबुक स्वभावको मान्छे, त्यसैले साथीहरु उसलाई जिस्क्याउने गर्दछन् । तर उसको मुखबाट केही शव्द निस्कन नपाउँदै जिस्काउने प्रयासमा लागेका जो पनि भो ! भो ! यति साह्रो नभन, भनेर उसलाई भन्दै गर्छन । बिहानको करीव नौ बजेको छ । मालताल लादिएको, गालाबाट तप्प रगत चुहिएला जस्ता एकहुल युवक युवतीहरु बोकेको तर कुष्ठरोगले पीडित जस्तो गाडी सडकमा गुडिरहेको हुन्छ । सबै जना किसिम किसिमका गफमा मस्त छ्न् । करीब पन्ध्र बीस मिनेट पछि गाडी फुलचोकीको न्यानो काखमा डुबुल्की गर्न पुग्छ । घ्याच्च गाडीको बे्रक लाग्छ, सबै जना सामान निकाल्न ब्यस्त हुन्छन् ।

गोदावरीले बगैंचा ढकमक्क ढाकिएको आहा ! कति सुहाउने ! भमराहरु भुन भुनाउँदै रस लुट्न एकै बिहानै उडिरहेछन् । आकाश स्वच्छ छ, वरीपरी रानीवन घामको चढ्दै गरेको किरण संगै रंग परीवर्तन हुँदै जान्छ । बीचमा बगेको सानो खोलो निश्चल, कलकल बग्दैछ । पूmलचोकी डाँडा चियाई रहेछ । गोदावरी स्वागत गरिरहेछ, यसरी नै कैयौं हूलहरुलाई स्वागत गरिसकेको छ । यो सुनसान धर्ती एकनाश छ । युवक युवतीहरु बनभोज सफल पार्न सबै ब्यस्त देखिन्छन् । कोही आगो बाल्ने, कोही तरकारी काट्ने, कोही गीत गाउने नाँच्ने त कोही एकान्तमा मन बहलाउने क्षण छ । समय बित्दै जान्छ । सबै उपस्थित भए नभएको जानकारी पाउन तडकभडक गरिरहेछन् । बहुमतले पारीत गरेको प्रस्ताव मुताबिक कार्यक्रम थालनी हुनै लागेको हुन्छ । तर एउटा आवाज पुगेको छैन त्यहाँ । पर कलकल बग्दै गरेको पानीमा एकोहोरिएको बिकेलाई देखेर “भाबुक ज्यू” भन्दै जिस्काउने क्रम जारी छ ।

“हाम्रो प्रस्ताव कस्तो लाग्यो ?” एक जना ठाडै सोध्न पुग्छ बिकेलाई ।

“कस्तो प्रस्ताव हँ ?”

“कार्यक्रम थालनी गर्ने ।”

“भन्नोस त, कस्तो छ । मेरो पनि अधिकार छ होला नी, होईन र ?”

“अवष्य । हामी सबैभन्दा पहिला नाँचगान गरौं, अनि त्यसपछि गोला प्रथा द्वारा खाना खाने शुरु गर्ने कार्यक्रम छ ।” “जरुर”, सहमति जनाउँछ बिके । झ्याउरे  गीत, मादलको ताल, युवक युवतीको जोश, त्यहाँको वातावरण नै रमझम छ, आज । एकआपसमा मन खोलेर गफ गर्ने दिन, तर बिकेको भावुकता हटेको छैन । अर्काेले कुरा थप्छ, “बिकेलाई आज भोकले भावुक बनायो क्यारे !” नाचगान स्थागित गरेर सब जना भोजनतिर लाग्छन् । यसमा महिलाहरुलाई अगाडि स्थान दिईएको छ । धमाधम गोला तान्न शुरु हुन्छ । सबै जना एक एक गोला पारिएका कागज टिप्दै लेखिए मुताविक कार्य गर्न ब्यस्त छन् । कसैलाई मादक पदार्थ सेवन गर्ने, कसैलाई सबै भन्दा छिटो खाने, थोरै खाने, पाँच जना सँगै खाने, एउटा चुड्किला भनेर खाने, दश जनालाई खुवाएर खाने, दश जनालाई खुवाएर खाने आदि प्रकारले कार्यक्रम शुरु भएको थियो । यसै क्रममा बसुको पालो आउँछ, लेखिएको हुन्छ , भावुकलाई खुवाएर खाने । उनी यसो गर्न अप्ठ्यारो मानेर चिच्याउँछिन् । “छिः यस्तो त हुन्न ! म अर्को चिट्ठा तान्छु ।”

सबै जनाले एउटै स्वरले भन्छन्, “बहुमत द्वारा पारीत भएको प्रस्ताव हो । बसुले चिट्ठामा लेखिएको मुताविक गर्नै पर्छ ।” उनको गालाबाट लाजले रगतका थोपा खस्न आँटे भैंm देखिन्छ । उता बिके त्यसरी नै अस्वीकार जनाउँदै छ । जमातले दुवै जनालाई यो काम गरिएन भने साथी नै नभन्ने आदि भन्न थाले । बिके जस्तै सजायँ भए पनि भोग्न तैयार हुन्छ, अनि बसु पनि । तर अन्त्यमा दुवै जनाको केही जोड चलेन । प्रस्ताव मुताबिक काम गर्नै पर्यो । जमातले भने अनुसार बसुले एउटा केरा नङ्ग्याउँछिन, अनि बिकेलाई खानुस भन्न कर लाग्छ । अब बिकेलाई लाजले के गरुँ, कसो गरुँ हुन थाल्यो । बचन पुरा गर्नै पर्ने भयो । त्यस पछि बसुले पनि दाँतले किटिक्क बिकेको जुठो फ्याँकेर त्यही केरा खाईन । सबै जना हर्षको ताली बजाउँछन् । बसु र बिके दुवै एक ठाउँमा घोसो मुन्टो गरेर बसेका थिए ।

बसु भसङ्ग झस्किन्छे, आँखामा आँसुको भल बगि रहेको, शरीर लगलग काँप्न थालेको छ । बातावरण चकमन्न सुनसान छ । एक्लै हिक्का छोड्न सिवाय केही छैन । झ्यालबाट मुन्टो निकाल्छिन, चारैतिर चकमन्न अन्धकारले ढाकेको छ । गल्लीका कुकुरहरु भूत देखे भैंm एक तमाशाले भुकि रहेछन् । मनमा डर पैदा हुन्छ, झ्याल थुनेर निराश भै ओछ्रयानमा पल्टन पुग्छिन् । आँसु सुकी सकेछ, रुँदारुँदा थाकेर निदाउँछिन । यत्तिकैमा ढोका ढकढकाएको आवाजले उनको निद्रा भाग्छ । एक तमाशाको ढकढकाई छ । मन भित्र डर लागेर आउँछ । कतै बदमास गुण्डाहरुले त होईन ? डरै डरको महल जम्छ मनमा । निकै बेर चुपचाप रहन्छिन् ।

“बसु…बसु…” आवाज आउँछ । तर उनलाई शंकाले छोडेको छैन । पक्कै कुन जँड्याहाले पाप चिताएर आएको हुनु पर्छ । बिस्तारै ढोकाको प्वालबाट चिहाउँछे । कम्मर मात्र देख्छे । “बसु, ए बसु !” आवाज लगातार आई रहेछ । उनी अभैm ढोका खोल्दिनन् । तै पनि एकपल्ट, “को हँ ?” भन्न साहस बटुल्छे ।

“म, बिके । ढोका खोल त एकछिन ।” अभैm उनलाई बिश्वास लाग्दैन । किन कि बिके यो समयमा कहिल्यै आउँदैनथ्यो । पक्का नचिने सम्म ढोका नखोल्ने बिचारले भन्छिन्, “ढोकाको प्वाल सामुन्ने अनुहार देखाउनुस्, अनि मात्र ढोका खोलुँला ।” बिके ले त्यसै गर्छ । अनि पक्का अनुहार देखेर चिने पछि बसु ढोका उघार्छिन् । भेट नभएको धेरै दिन भई सकेको थियो । एक आपसमा मुक भाषामा हेराहेर सिवाय केही हुन सकेन । बसु बिकेलाई भित्र पस्ने अनुमति दिन समेत भुलेर एकोहोरिएर हेरी रहेकी थिईन । बिके पनि हेर्दा हेर्दै हेराईको भाव बदलेर उसलाई भित्र पस्ने आज्ञा नपाएर त्यत्तिकै उभिई रहेको हुन्छ ।

“बसु ! एउटा कुरा भन्न आएको, तिमी मान्छ्यौ कि मान्दिनौ ? रात पनि ढल्कन्दै छ, म गई पनि हाल्छु ।” “गई हाल्छु” भनेकोले बसुको एकोहोरोपन हट्छ र हतार हतार बिकेलाई भित्र प्रवेश हुने आग्रह गर्छिन । तर उसले समय छोटो भएको महसुस गर्छ । “भन्नुस केही जरुरी छ कि ?”

“खास जरुरी त होईन, तर तिमीलाई एक बचन सोध्न मन लाग्यो ।”

“यति लामो समय पछि पश्चिमबाट सूर्य उदाए भैंm आउनु भएको छ, कसरी एउटा मात्र कुरो भन्ने आँट गर्नु भो ? मनका सारा कुरा भन्नुस न । स्वीकार योग्य भए किन नमान्ने ?”

“बसु ! म लाहुरे हुन जान्छु ल?”

“हँ ! नाई !” बसु छोटो जवाफ दिन्छिन् ।

तर बिके आपूmलाई कुन रुपमा देख्दथ्यो, सपना साकार पार्न दृढ देखिन्थ्यो । उ त्यहाँको समाज र परीस्थितिसंग थाकेर वाक्क भएको थियो । एकपासमा लामो गन्थन भयो । बसुले उसलाई धेरै कुरा गरेर संझाउन प्रयास गरिन । उनलाई त्यो ज्वालामा अब होमिन पटक्कै मन थिएन । हुन सक्छ भने बिकेलाई एकछिन पनि छोड्न चाहन्थिनन् उनी ।

तर बिकेलाई बसुको कुनै पनि कुराले एक छेउ पनि छोएन । किन कि उ आफुलाई डुब्दै गरेको आभास पाउँदथ्यो । एक पटक त्यो धर्तीमा उ खुट्टा टेकेर उभिन चाहन्थ्यो । त्यसैले उ केही निर्णय नलिई चुपचाप बसुसँग बिदा लिन्छ । बसु पनि भन्दा भन्दा थकित भएकी थिईन । चुपचाप, धुमधुम्ती एकोहोरिएर हेरी रहन्छिन् । नजानिन्दोमा उनको आँखाबाट मोतीका दाना भैंm आँसुका थोपा बिस्तारै बग्न थाल्यो ।

आज बिके रेक्रुट भएको छ, आशा पूरा भएको छ एकातिर भने अर्काेतिर नष्ट । काठमाडौंमा बसुलाई भेट्ने सपना पनि समय र परीस्थितिले चकनाचुर पारि दियो । अब बिके नव सैन्य तालीम केन्द्रमा एकतमाशाको हतारै हतारको जीवन ब्यतित गर्दैछ, जसले अरु त के आपैंmलाई समेत बिर्सन बाध्य भएको छ । उसलाई “मनले ताक्छ मुढो, बञ्चरो ताक्छ घुँडो” भने भैंm भएको छ । उ त्यहाँ सैनिक जीवनको बास्तबिकतासंग भिड्ने क्रममा समय बिताई रहेछ । नव सैन्य तालीम सके पछि पल्टनमा जान्छ उ । अब औंला गन्नु सिवाय केही छैन, छुट्टी जानलाई । बसुलाई भेट्ने आशा मन भरी सजाएको छ । भविष्यका मिठा मिठा सपनाहरु साँचेको छ उसले । तर अपसोच ठेगानाको अभावले पत्र लेख्ने मनभरी आशा पलाए पनि साहस गर्न सकेको छैन ।

एक दिन को कुरो हो । गाउँले दाइ छुट्टीबाट फर्केको छ । गाउँ घरको नयाँ नयाँ हाल खबर सुनाउँदै जान्छ । कुरै कुरामा बसुको बिहे हुने कुरा समेत सुनाउँछ । बिके भित्र भित्रै जलेको छ, तर केही भन्न सकेको छैन । उसको कुरा सुन्दै गएको हुन्छ । अब उसको आँखामा निराशाको प्रतिबिम्ब एकले अर्काालई उछिनेर दौडि रहेछन् । उ एकतमाशाले एकोहोरिएको छ ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *