१.
टेक्दै हि‘ंड मेरो छाती सहन्छु म जति पनि
नसुनाऊ भो पे्रमकथा वहन्छु म जति पनि
कसैलाई प्यारो सम्झि राखे हुन्छ मुटुभित्र
ऑंंसु बोक्दै दोबाटोमा रहन्छु म जति पनि ।

२.
शिर झुकाउ‘ंदै ठूलाकै पछि–पछि धाउ‘ंछ ऊ
मौकामा मुर्खकै पनि गुणगान गाउ‘ंछ ऊ
ए हजुर नैतिकता गुमेको धूर्त भनेर के गर्नु ?
कुकर्म गर्दै बर्सेनी लाखौंलाख कमाउ‘ंछ ऊ ।

३.
तरङ्गिन्छ मन आफै बजेपछि चुराहरू
बैगुनीका बोलीभित्र हु‘ंदा रै’छन् छुराहरू
निराश बन्छ सधै‘ं–सधै‘ं जब कालो रात
कति गर्नु माया–प्रिती जगाउने कुराहरू ।
०००

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *