भूत – वृद्ध थियो
वर्तमान – यौवनको मातले वारस्त्री थिई
भविष्य – अविज्ञ दुधे बालकै थियो ।
००
हो ! भूतलाई म –
मेरो जवानी परावर्तन गर्न सक्दैनथे‘ं
उसका पराजयका धराभित्रर्
जित’ वीजारोपण गर्न सक्दैनथे‘ं
००
वर्तमानलाई साध्वी सम्झेर आगच्छ दिन सक्दैनथे‘ं
उद्धर्षण छिपाई प्रहास गर्न सक्दैनथे‘ं
भविष्यलाई –
पातरले जस्तो टुकुचामा फ्यॉंक्न सक्दैनथे‘ं
फलतः म यिनीहरूस‘ंग भिन्न भएको थिए‘ं
म यिनीहरूस‘ंग बहिष्कृत थिए‘ं ।
०००

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *