सत्तामा हु‘ंदा निस्वार्थी भाव तोड्नु पर्छ हजुरले
सकेसम्म निरीह जनता मोड्नु पछ हजुरले ।

ऑखा नदेख्ने अनगिन्ती मतदाताहरू छ‘ंदैछन्
भाषण फुक्दै विकास गर्न छोड्नु पर्छ हजुरले ।

अनुदान र ऋण बोकी थाकेको छ सगरमाथा
मौका यही हो महल र गाडी जोड्नु पर्छ हजुरले ।

जनताका नेता बन्नु भा’छ लाखौंलाख खर्च गरी
राष्ट्रको ढुकुटी दिनमै अब फोड्नु पर्छ हजुरले ।

नैतिकता र धर्म गुमेर आत्तिनु पर्दैन कसैस‘ंग
कुकर्म छोप्न पहेंलो वस्त्र ओढ्नु पर्छ हजुरले ।
०००

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *