कृष्णप्रकाश श्रेष्ठ

मास्को, २३ अप्रिल २०१७ (आइतवार) । रूसको राजधानीमा आयोजित कम्युनिष्ट पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन मास्को आइरहनुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता, नेपालको संसद–व्यवस्थापिकाका सदस्य, नेपालका पूर्वप्रधानमन्त्री श्री माधवकुमार नेपालसँग मास्कोस्थित नेपाली राजदूथावासमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
गैरआवाीय नेपाली संघ रूस राष्ट्रिय समन्वय परिषदका अध्यक्ष दीनानाथ राजभण्डारी, एनआरएनए केन्द्रीय समस्य एवं विश्व नेपाली साहित्य महासंघ रूस शाखाका अध्यक्ष गोविन्दप्रसाद गौतम, रूस सीआईएस नेपाल उद्योगवाणिज्य संघका उपाध्यक्ष डा. भीष्म आचार्य, नेपाली छात्रसंघ रसियाली जनमैत्री विश्वविद्यालयका अध्यक्ष मिलन कट्टेल, रूस–नेपाल सहयोग तथा मैत्री समाजका उपाध्यक्ष डा. मणिराज पोखरेलसहित रूसमा बसोवास गरिरहेका नेपालीहरूका विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरूको समुपस्थितिमा रूस महासंघका लागि नेपाली राजदूत श्री ऋषिराम घिमिरेले नेपालका पूर्वप्रधानमन्त्री श्री माधवकुमार नेपालको हार्दिक स्वागत गर्नुभयो ।
मास्कोमा बसोवास गरिरहेका नेपालीहरूसंग भलाकुसारीपश्चात् नेपाली राजदूतावासको सभाकक्षमा अन्तरक्रिया कार्यक्रमको संचालन गरिएको थियो । महामहिम ऋषिराम घिमिरेज्यूले अन्तरक्रिया कार्यक्रमको शुभारम्भ गर्नुहुँदै नेपालका पूर्वप्रधानमन्त्री तथा उहाँको साथमा मास्को आइरहनुभएका अतिथिहरूको र कार्यक्रममा उपस्थित नेपालीहरूको हार्दिक स्वागत गर्नुभयो ।
गैरआवासीय नेपाली संघ रूसका अध्यक्ष दीनानाथ राजभण्डारीले नेपालका पूर्वप्रधानमन्त्रीको मास्को आगमनको सन्दर्भमा हर्ष प्रकट गर्दै रूसमा नेपाली छात्रहरू, उद्यमीहरू र कामदारहरूसमेत गरी गैरआवासीय नेपालीहरूको संख्या करिब एक हजार पुग्छ भन्ने जनाउँदै नेपाल र रूसबीच श्रमसम्झोताको आवश्यकता भएकोतर्पंm औंल्याउनुका साथै गैरआवासीय नेपालीहरूका उपलब्धिहरू र केही समस्याहरूबारे पनि अवगत गराउनुभएको थियो ।
नेपालका पूर्वप्रधानमन्त्री श्री माधवकुमार नेपालले आफ्नो मन्तव्यमा वर्तमान अवस्थामा विश्वका कम्युनिष्टहरूबीच विचारको पारस्परिक आदानप्रदानका लागि रूसको राजधानीमा सम्पन्न भएको अन्तरराष्ट्रिय सम्मेलनको कार्यक्रममा आपूmले २१ र २२ अप्रिलमा भाग लिएको र दुई दिनको छोटो मास्को बसाईमा पनि ठीक १०० वर्षअघि रूसमा समाजवादी क्रान्तिको नेतृत्व गर्ने भ्लादिमिर लेनिनले आफ्नो जीवनको अन्तिम समयमा आराम लिएको मास्को नगरबाहिर रहेको लेनिन्स्की गोर्की भन्ने ठाउँको स्मृति–संग्रहालयको अवलोकन गर्नुका साथै लेनिनको जन्मजयन्तीको सन्दर्भमा २२ अप्रिलका दिन मास्कोको केन्द्रमै लालमैदानस्थित लेनिन–समाधिमा पुगेर श्रद्धाञ्जलि अर्पण गरेको बताउँदै नेपालको वर्तमान राजनैतिक अवस्थाबारे संक्षेपमा अवगत गराउनुभयो र नेपाल राष्ट्रका ५ सर्वोच्च पदहरूमध्ये देशको राष्ट्रपति, संसदको सभामुख तथा सर्वोच्च अदालतको न्यायाधीश जस्तो ३ गरिमामय पदमा महिला भएको चर्चा गर्दै अन्ततोगत्वा २० वर्षको अन्तरालपछि स्थानीय निकाय (नगरपालिका र गाउँपालिका) को निर्वाचन आउँदो ३१ गते (वैशाख २०७४) मा हुनु संविधान कार्यान्वयनको दिशामा ज्यादै महत्वपूर्ण परिघटना हुनेछ भन्ने आशयको अभिव्यक्ति दिनुभयो ।
अन्तरक्रिया कार्यक्रममा तेजबहादुर शाह, गोविन्दप्रसाद गौतम प्रभृति सहभागीहरूले नेपालमा संक्रमणकाल निकै लम्बिनु, निरन्तर सरकार परिवर्तन भइरहनु, नयाँ पुस्ताका कार्यकर्ताहरूले प्रोत्साहन नपाउनु, निकै लामो समय लगाएर पारित भएको सम्बिधानको कार्यान्वयन हुन नसक्नु आदि देशको विकासमा तगारो भइरहेको र यस्तो अवस्थाबाट छिटो निकासको सम्भाव्यताबारे जिज्ञासा राखेका थिए । डा. सूर्यप्रकाश पौड्यालले पूर्वप्रधानमन्त्रीहरूको सल्लाहकार समिति बनाउनुपर्ने विषयमा जोड दिनुभएको थियो भने डा. मणिराज पोखरेलले नेपाल–रूस मैत्री विकासमा योगदान पु¥याउने व्यक्तिहरूलाई राज्यको तर्पmबाट उचित सम्मान प्रदान गरेर प्रोत्साहित गर्नु आवश्यक छ भनी औंल्याउनुभएको थियो । यस पंक्तिकारले रूसको भूमिमा आदिकवि भानुभक्तको द्विशतवार्षिक समारोहको क्रममा रूसमा रहेको नेपाली समुदायको अग्रसरतामा सालिक स्थापनाका साथै रूसी भाषामा भानुभक्त आचार्य तथा लक्ष्मीप्रसाद देवकोटाका कवितासंग्रहहरूसहित दशौं पुस्तकहरू प्रकाशित गरिएको र काठमाडौंमा रूसी महाकविको प्रतिमा उद्घाटन समारोहमा नेपालीमा उनका काव्यहरूको सङ्ग्रहको विमोचन गरिएको अवगत गराउँदै उन्नाईसौ शताब्दीको अन्त्यतिर नेपाल यात्रा गर्ने प्रथम रूसी विद्वान् इभान मिनाएभको प्रतिमा काठमाडौंमा र दुई देशबीच दौत्य सम्बन्ध स्थापना अगावै सन् १९५३ मै रूस पुग्ने महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रतिमा मास्कोमा स्थापना गरिनुपर्ने र रूसबाट पर्यटकहरूलाई आकर्षित गर्न समेत रूसी भाषामा नेपालको साहित्य, कला, संस्कृतिसम्बन्धी पुस्तकहरू र शब्दकोषहरूको प्रकाशनका साथै नपाली सम्पदाको संरक्षण र परम्परागत रूप सुरक्षित रहने गरी भूकम्पको मारमा परेका ऐतिहासिक र धार्मिक स्थलहरूको जीर्णोद्धार तथा पुनर्निमाण गरिनु आवश्यक छ भन्ने विचार व्यक्त गरिएको थियो ।
रूसको तीनपल्ट यात्रा गरिसक्नु भएका पूर्वप्रधानमन्त्री श्री माधवकुमार नेपालले अन्तरक्रिया कार्यक्रमका सहभागीहरूका प्रश्नहरूको समुचित उत्तर दिंदै नेपालको विकाससम्बन्धी विभिन्न जिज्ञासाहरू शान्त गर्नुभएको थियो । नेपाली राजदूतावासको तर्पmबाट नेपाली पाहुनाहरू र अन्तरक्रिया कार्यक्रमका सहभागीहरूको सम्मानमा दिवाभोजको पनि आयोजना गरिएको थियो ।
दिनाङ्क ः २४ अप्रिल २०१७,
मास्को, रूस महासंघ ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

कृष्णप्रकाश श्रेष्ठ ई-मेल : kpsnepal@gmail.com टेलिफोन : ८-९१६-९६७-३८३२ ठेगाना : मास्को ११९४२१, लेनिन्स्की प्रोस्पेक्ट ९९-५०३ जन्मतिथि : ७ नभेम्बर १९३८ जन्मस्थान : चुनिखेल, शोणितपुर (थानकोट), काठमाडौं, नेपाल । शिक्षा : स्नातक (बि.ए.), (पटना विश्वविद्यालय, भारत, १९५९) स्नातकोत्तर (एम.ए.), (पत्रकारिता संकाय, मास्को राजकीय विश्वविद्यालय, रूस, १९६६) विद्यावारिधिका लागि अनुसंधान (प्राच्यविद्या संस्थान, रूसी विज्ञान प्रज्ञा-प्रतिष्ठान, मास्को) । पेशागत सेवा : नेपाली कार्यक्रम संचालक, रेडियो मास्को (१९६३-१९९१), रेडियो रूस (१९९१-२००६) । अनुवादक : प्रगति प्रकाशन, मास्को (१९७५-१९८५); रादुगा प्रकाशन, मास्को (१९८५-१९९०) । संप्रति : वैज्ञानिक कार्यकर्ता, भारतवर्ष अनुसंधान केन्द्र, प्राच्यविद्या संस्थान, रूसी विज्ञान प्रज्ञा-प्रतिष्ठान, मास्को (१९९९ देखि) । आबद्ध संस्थाहरू : मानार्थ सदस्य, रूस सीआईएस नेपाल उद्योगवाणिज्य संघ, । मानार्थ सदस्य, नेपाल बालसाहित्य समाज, काठमाडौं । सल्लाहकार, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (२००९), अनेसास, रूस शाखा (१९९९) उपाध्यक्ष (१९९८-२००१), प्रधान संपादक (२००१ देखि), रूस-नेपाल मैत्री एवं सहयोग संघ, सदस्य (१९९९ देखि), रूस लेखक संघ, मास्को नगर संगठन, गैरआवासीय नेपाली संघ, रूस राष्ट्रिय समन्वय परिषद् । सम्मान : मित्रकुञ्ज, काठमाडौं (१५.१०.२००३), गैरआवासीय नेपाली संघ, रूस राष्ट्रिय समन्वय परिषद्, मास्को (२७.१०.२००६), महाकवि देवकोटा शताब्दी सम्मान, काठमाडौं, २००९ । कदर-पत्र : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, रूस शाखा, मास्को (१२.०६.२००९)। पदक : ‘टेलिभिजन एवं रेडियोका उत्कृष्ट कार्यकर्ता’ (सोभियत टेलिभिजन एवं रेडियो राजकीय समितिद्वारा प्रदत्त सम्मानपदक, १९८८); ‘शिक्षानुरागीप्रति’ (पुश्किन जन्म द्विशताब्दीको उपलक्षमा रूस वाङ्मय प्रज्ञा-प्रतिष्ठानद्वारा प्रदत्त पुश्किन स्वर्णपदक, २००३); ‘मैत्री कार्यमा योगदानवापत्’ (रूस महासंघको परराष्ट्र मन्त्रालयअन्तरगत रोस्जारुभेजसेन्त्रद्वारा प्रदत्त सम्मानपदक, २००५); 'साहित्य सेवा सम्मान-पत्र' (गैरआवासीय नेपाली रुस राष्ट्रिय समन्वय परिषदद्वारा नेपाली साहित्यको अनवरत सेवा वापत प्रदान गरिएको सम्मान, सन् २००६) । पुरस्कार : ‘जगदम्वा-श्री’ पुरस्कार (वि.सं. २०५९), नृपध्वज कार्की अन्तरराष्ट्रिय साहित्यिक पुरस्कार, न्युयोर्क (सन् २००९), नइ देरुनीख अन्तरराष्ट्रिय पुरस्कार (वि.सं. २०६७) । प्रकाशित मौलिक कृतिहरू : नेपालीमा : रूसमा नेपालको अध्ययन, नेपालभाषा साहित्य, रूसमा नेपालको छवि, नेपाली समालोचक र समालोचना, नेपाली किम्बदन्तीमाला (श्लोकबद्ध), स्थाननामकोष । रूसी भाषामा : नेपालमा पशुपक्षीको पूजा, स्वस्थानी, मित्रता र सहयोगको गांठो, रेलगाडीमा हिमालयतिर (कार्यपत्र र लेखसंग्रह), नेपालको साहित्यमा परम्परा र आधुनिकता, इतिहासको परिप्रेक्षमा नेपाली किम्बदन्ती र परम्परागत उत्सव-पर्व, नेपालमा परंपरागत भोजको विधि–विधान आदि। प्रकाशित अनूदित कृतिहरू : रूसीबाट नेपालीमा : अलेक्सान्द्र पुश्किन - जिप्सी (खण्डकाव्य), बेल्किनका कथाकहानी (गद्यकृति), दुब्रोभ्स्की (लघुउपन्यास); इभान तुर्गेनेभ – गद्यमा कविता (लघुकथाहरू), पिता र पुत्र (उपन्यास); मिखाइल शोलोखोभ – मान्छेको भाग्य र दोनका कथाहरू; मिखाइल लेर्मोन्तोभ – हाम्रो जमानाका चरित्र नायक (उपन्यास); लेभ तोल्स्तोइ – कथाकहानी, लेभ तोल्स्तोइका उत्कृष्ट कृतिहरू; अलेक्सान्द्र ग्रीन – राता पालहरू (लघुउपन्यास र कथाहरू); माक्सिम गोर्की – मेरा विश्वविद्यालयहरू (उपन्यास); रसूल हाम्जातोभ – जीवित देवी (काव्यकृतिहरू); चिंगिज आइतमातोभ – प्रथम शिक्षक (लघुउपन्यास); सुनौला सिउर (रूसी लोककथा संग्रह); रूसी चरित्र (कथासंग्रह); लेनिन-गाथा (कवितासंग्रह); लेओन्तयेभ – संक्षिप्त राजनीतिक अर्थशास्त्र; आफानास्येभ – दर्शनशास्त्रको प्रारम्भिक ज्ञान आदि विभिन्न कृतिहरूका साथै रूसी बालसाहित्यका कैयौं पुस्तकहरू । नेपालीबाट रूसीमा : यमलोकमा जिउंदो मान्छे (नेपाली लोककथासंग्रह); कल्चौंडीको ठुङ्ग र पञ्जा किन पहेंलो हुन्छ? (नेपाली बाललोककथासंग्रह); लैनसिंह बाङ्गदेल – लङ्गडाको साथी (लघुउपन्यास); रमेश विकल – फुटपाथ मिनिस्टर्स (कथा); ज्ञानकाजी मानन्धर – कुमारी चण्डेश्वरी (नाटक); हिरण्यलाल श्रेष्ठ – नेपाल परिचय; स्वामी आनन्द अरूण – सन्त-दर्शन (लेखसंग्रह); लोपोन टशी छिरिङ्ग लामा - मणिमन्त्र (कृति) आदि । संस्कृतबाट नेवारीमा : कृष्णगीता (श्रीमद् भागवत् गीताको समश्लोकी अनुबाद) । रूसीबाट हिन्दीमा : अनोखे चीजों की दुकान (आधुनिक बाललोककथा-संग्रह), (कृतिलेखकद्वय - कारेभा तथा कराल्योभ) । सम्पादन तथा संकलन : पत्रिकाहरू – किरण (नेपाली छात्रसंघ, सोभियत संघ); झिल्को (अनुवाद संस्थान, मास्को); सार्थवाह (रूस सिआईएस नेपाल उद्योगवाणिज्य संघ); नारीदृष्टि (नेपाली नारी निकुञ्ज) । शब्दकोषहरू - रूसी-नेपाली शब्दकोष; नेपाली-नेपालभाषा शब्दावली; अंग्रेजी-नेपाली पालरभाषिक शब्दकोष । पुस्तकहरू – लक्ष्मीप्रसाद देवकोटा, संकलित रचना (रूसी भाषामा); नेपाल : सहस्त्राब्दिहरूको संघारमा (रूसी भाषामा लेखसंग्रह); रसियाली प्राच्यविद्याको सन्दर्भमा नेपाल आदि ग्रन्थका साथै नेपाली भाषामा प्रकाशित विभिन्न संकलन र पुस्तकहरू । नेपालीमा अनुवाद तथा सम्पादन – मिनाएभ र नेपाल ।

Leave a Reply:

Your email address will not be published. Required fields are marked *