विश्वकै एक उत्कृष्ट पत्रकारिता शिक्षण केन्द्रको ६५–यौं वर्षान्त समारोह
कृष्णप्रकाश श्रेष्ठ

 

 

 

 

 

विश्वप्रसिद्ध मास्को राजकीय विश्वविद्यालय अन्तरगत पत्रकारिता विभाग संचालनको ७० वर्ष तथा पत्रकारिता संकायको स्थापनाको ६५ वर्ष पूरा भएको सन्दर्भमा मास्कोको केन्द्रमा रहेको ऐतिहासिक भवनमा भव्य समारोह सुसम्पन्न भएको छ । 

सुरुमै के बताइहालौं भने संसारभर ख्यातिप्राप्त मास्को राजकीय विश्वविद्यालयको स्थापना सन् १७५५ मा भएको थियो । त्यसको स्थापनामा अठारौं शताब्दीका विख्यात रूसी विद्वान् मिखाइल लोमानोसोभको अग्रगण्य भूमिका रहेको थियो र सन् १९४० को ७ मेईका दिन विश्वविद्यालयलाई उनैको नामबाट विभूषित गरिएको थियो । आज म नेपाली पाठकवृन्दलाई मेरो अध्ययनस्थल ९ब्mिब ःबतभच० को रूपमा रहेको यसे विश्वविद्यालयको पत्रकारिता संकायबारे संक्षेपमा परिचय दिन चाहन्छु ।
मास्को राजकीय विश्वविलालयमा सन् १९४७ को सेप्टेम्बरमा साहित्यशास्त्र संकायअन्तर्गत पत्रकारिताको विषयमा पढाइ शुरु गरिंदा जम्मा २७ जना विद्यार्थीले प्रवेश पाएका थिए भने अहिले ७० वर्षपछि यहाँबाट देशविदेशका २७ हजार व्यक्तिले पत्रकारिताको डिग्री पाइसकेका छन् । तीमध्ये ५ जना नेपाली पनि छन् । मैले सन् १९६६ मा यसै विश्वविद्यालयबाट पत्रकारिता विषयमा स्नातकोत्तरको प्राज्ञिक उपाधि प्राप्त गरेर केही वर्ष नेपाली साहित्यिक पत्रकारिताको विषयमा विद्यावारिधिका लागि शोधकार्य गर्ने सम्भावना पाएको थिएँ । हामीहरूले त्यहाँ अध्ययन गर्दा कतिपय विषयको पाठ्यपुस्तक समेत थिएन भने हाल अत्याधुनिक शिक्षा–पद्धतिको उपयोग गरिन्छ । मलाई यस पत्रकारिता संकायका प्रथम डीन (संकाय–प्रमुख) एभ्गेनी खुद्याकोभ (सन् १९५२–१९६५) को समेत धमिलो सम्झना छ । जर्मन फाशीवादविरुद्ध सोभियत जनताको महान् देशभक्तिपूर्ण युद्ध (सन् १९४१–१९४५) मा घाइते भएको हुँदा उनी राम्ररी गोडा चाल्न सक्तैनथे र खोच्याएर हिंड्थे । उनको ठाउँमा सन् १९६५ मा नियुक्ति पाउने संकाय–प्रमुख यासेन निकोलाएभिच जासुस्र्की हाल पत्रकारिता संकायका मानार्थ अध्यक्ष रहेका छन् । त्यतिखेर विदेशी पत्रकारिता एवं साहित्य विभागका प्रमुख समेत हुनाले उनी देशविदेशको (मुख्यतः अमेरिकी) पत्रकारिताबारे व्याख्यान दिने गर्दथे र मैले उनैको निर्देशनमा स्नातकोत्तरको शोधप्रबन्ध तयार पारेको थिएँ । अहिले पनि उनको कार्यकक्ष त्यही नै छ जहाँ त्यसताका सम्पन्न हुने साप्ताहिक विद्वत् सभामा विद्यावारिधिको शोधछात्रको हैसियतले सधैं मेरो पनि उपस्थिति रहन्थ्यो ।
पत्रकारिता संकायको स्थापनाको ६५–यौं वर्षान्त समारोह २ जून (सन् २०१७) का दिन त्यसै सभाकक्षमा सम्पन्न भयो, जहाँ विद्यार्थी छँदा म प्रोफेसरहरूको व्याख्यान सुन्दथें । यसपटक भने वयोवृद्ध यासेन निकोलाएभिच व्याख्यान दिन नभई समारोहको प्रमुख व्यक्तित्वको हैसियतले मञ्चमा विशेष सम्मानित स्थानमा आसन ग्रहण गरेर बसेका थिए । उनको आसनको एकातिर उनैको निर्देशनमा पत्रकारिता विषयमा महाविद्यावारिधिको प्राज्ञिक उपाधि हासिल गरी वर्तमान समयमा पत्रकारिता संकायकी प्रमुखको पदमा बहाल रहेकी एलेना भार्तोनोभा बसेकी थिइन् भने अर्कोतिर चाहिं पत्रकारिता संकायकी सचिव बसेकी थिइन् । पाठक वृन्दलाई बताई हालौं, सन् २००७ मा वर्तमान डीन (संकाय–प्रमुख) को नियुक्तिभन्दा पहिले यासेन जासुस्र्की नै ४२ वर्षसम्म बहाल रहेका थिए र नेतृत्वदायी गरिमामय पदमा रहेर रूस (सोभियत संघ) का लागि दक्ष पत्रकारहरू तैयार पार्ने मुख्य शिक्षण केन्द्रको विकासमा लामो समयावधिसम्म सफलतापूर्वक कार्य सम्पादन गरेको परिपेक्ष्यमा उनका लागि मानार्थ अध्यक्षपद समेत सिर्जना गरेर विशेष सम्मान जनाइएको थियो । रूसको सम्पूर्ण पत्रकार जगत्का लागि अनुकरणीय र सर्वमान्य व्यक्तिलाई गुरुको रूपमा पाएकोले मलाई गर्वको अनुभूति हुनु स्वाभाविकै हो…
आधा शताब्दीपहिलेजस्तै यस साल पनि २ जूनका दिन सम्पन्न समारोहमा यासेन जासुस्र्कीलाई व्याख्यान कक्षको मञ्चमा देख्न पाउँदा मलाई रूसी भाषाविद् रोजेन्ताल, रूसी साहित्यविद् जापादोभ, आङ्ग्ल साहित्यविद् श्वेदोभ, प्राचीन यूनानी साहित्यविदुषी एलेना कुच्बोस्र्काया प्रभृति रूसका तत्कालीन प्रकाण्ड विद्वान्–विदुषीहरूको पनि अनायासै सम्झना भएर आयो जसले त्यसै मञ्चबाट दिने गरेको व्याख्यान म अक्सर अगाडिकै बेञ्चमा बसेर रूसी भाषामै कापीमा टिप्ने गर्दथें । मेरा सहपाठीहरूले रूसी भाषामा रहेका मेरा गल्तीहरू सुधारिदिने हुँदा म रूसीहरूले भन्ने गरेभैंm ‘आफ्ना गल्तीहरूबाट सिक्ने गर्दथें’ । यसपटक पनि म ल्युदा स्वेत्सोभा, जोया सेम्योनोभा, तोन्या रिझोभा, भल्योदा गानिपोल्स्की, भालेरी भासिलेभ्स्की, नाताशा घाट्टास प्रभृति आफ्ना तत्कालीन केही सहपाठीहरूकै अगलबगलमा रहेको थिएँ ।
माइकबाट समारोहको प्रारम्भबारे उद्घोषणा हुनासाथै मञ्चअगिल्तिर उभिएका युवतीहरूको समूहले विश्वविद्यालयको सामूहिक गान प्रस्तुत गर्न थाल्यो र सभामा उपस्थित सबैले उभिएर समवेत स्वरमा गाउन थाले ।
पत्रकारिता संकायका एक जोडी छात्रछात्राले समारोहको संचालन आरम्भ गरेपश्चात् संकाय–प्रमुख एलेना भार्तोनोभाले सेन्ट–पिटर्सबर्गमा सम्पन्न भइरहेको विश्व आर्थिक सम्मेलनमा भाग लिन गएका मास्को राजकीय विश्वविद्यालयका कुलपति भिक्टर सादोब्निचीबाट समारोहको नाममा भिडियो सन्देश प्राप्त भएको जानकारी दिनेबित्तिकै भित्तामा रहेको ठूलो टेलिभिजन पर्दामा कुलपतिको सन्देश गुञ्जियो । गतः ५० वर्षभन्दा बढी समयदेखि पत्रकारिता संकायमा कार्यरत रही अतुलनीय योगदान पु¥याएवापत् मानार्थ अध्यक्ष यास्सेन जासुस्र्कीलाई प्रशंसापत्र प्रदान गरिएको घोषणा गरिनेबित्तिकै सबैले उठेर करतलध्वनिका साथ समर्थन गर्नुका साथै विद्यार्थीहरूले पत्रकारिता संकायका लब्धप्रतिष्ठ अध्यक्षलाई पूmलका गुँच्छाहरूले सम्मान प्रदर्शन गरे । संकाय–प्रमुख एलेना भार्तानोभाले सम्मानपत्र हस्तान्तरण गरेर आफ्नो मन्तव्य जारी राख्दै अगाडि थपिन् ः
‘…हाल रूसमा पत्रकारिता विषयको प्रमुख केन्द्रको रूपमा रहेको पत्रकारिता संकायमा ४१ जना महाविद्यावारिधि प्राज्ञिक उपाधि प्राप्त प्रोफेसर र १०० जना प्राध्यापक एवं वैज्ञानिक कार्यकर्ताहरू क्रियाशील छन् । यस संकायअन्तर्गत रूसी भाषाशैली, सावधिक पत्रपत्रिका, टेलिभिजन तथा रेडियो प्रसारण, आम संचार माध्यमको सिद्धाँत तथा अर्थतन्त्र, रुसी साहित्य तथा पत्रकारिता, विदेशी साहित्य तथा पत्रकारिता, आम सञ्चार माध्यमको इतिहास र व्यवस्थापन, कला र साहित्यको समालोचना, नयाँ मेडिया र संचारको सिद्धान्त, सम्पादन तथा प्रकाशन कार्य तथा सूचना सम्प्रेषण, विज्ञापन तथा सामाजिक सम्पर्क, आम संचार माध्यमको समाजशास्त्र, फोटो पत्रकारिता तथा सञ्चार प्रविधि विषयक १३ विभागहरू क्रियाशील रहेका छन् ।ँ सन् २१०६ मा मास्को राजकीय विश्वविद्यालयअन्तर्गतको पत्रकारिता संकायले विषयगत रूपमा विश्वकै उत्कृष्ट (त्तक् ध्यचमि ग्लष्खभचकष्तथ च्बलपष्लनक दथ क्गदवभअत० भन्ने मान्यता प्राप्त गरेको छ…’
पत्रकारिता संकायकी प्रमुखको मन्तव्य सुनिरहँदा म चाहिं अतीतमा आफ्नै विद्यार्थी जीवनबारे सोच्न पुगेको थिएँ । त्यतिखेर पत्रकारिता संकायअन्तर्गत मुख्य तीन विभाग मात्र थिए ः पत्रपत्रिका, रेडियो तथा टेलिभिजन ।
पत्रकारिता संकायमा प्रवेश गर्नुभन्दा पहिले ढोकैमा मलाई युवा छात्रछात्राहरूले ‘६५ वर्ष. मा.रा.वि. पत्रकारिता संकाय’ अंकित रिबन र त्यसमा उनेर कलरमा भिर्ने कलमको निबअंकित ब्याच दिएर स्वागत गरे भने माथि दोस्रो तलामा उक्लने भव्य सिंढीहरूको मुखैमा उभिएका युवा विद्यार्थीहरूले समारोहको उपलक्षमा प्रकाशित ‘पत्रकार’ (‘जुर्नालिस्त’) पत्रिकाको विशेषाङ्क (नं. १६९६) हस्तान्तरण गरे (यसै पत्रिकामा सन् १९६१ तिर रूसी भाषामा मेरो पहिलो टिप्पणी छापिएको थियो) । सभाकक्षमा पस्नासाथ ‘रेडियो’ अंकित बिल्ला लगाइराख्ने एक जोडी युवा छात्रछात्रालाई देख्दा भावी रेडिया–पत्रकार होलान् भन्ने अनुमान लगाएर सोधें । उनीहरूले तत्कालै डिक्टाफोन झिकेर अन्तरवार्ता लिने तरखर गर्दा मलाई आपूm विध्यार्थी छँदा दुइृ धार्नी गह्रौं ठूलो यन्त्र बोकेर मात्र कसैको अन्तरवार्ता लिन सकिने समयको र रेडियो मास्कोबाट नेपाली भाषामा प्रसारण संचालकको काम गर्दागर्दै संचार–प्रविधिले द्रुत गतिले फड्को मारेको सम्झना भयो ।
भविष्यमा रेडियो पत्रकारितामा संलग्न हुने युवा छात्रछात्राको फोत्रय समेत लिएर छोटो अन्तवार्ता दिंदै मैले यस संकायबाट स्नातक बनेका नीलाम्बर आचार्यले नेपाल सरकारको मन्त्रीपदभार सम्हालेको र हालै काठमाडौंमा रूस (सोभियत संघ( बाट स्नातक बनेकाहरूको संगठन ‘मित्रकुञ्ज’ को स्थापनाको अर्धशताब्दी महोत्सव भव्यताका साथ मनाइएको सूचित गर्दै पत्रकारिता संकायको ६५–यौं वर्षान्त समारोहको उपलक्ष्यमा विश्वमै उत्कृष्ट मानिएको यस शिक्षण केन्द्रको उन्नतिका साथै यस संकायसित सम्बन्धित सबैलाई उत्तरोत्तर प्रगति र भावी पत्रकारहरूलाई सिर्जनात्मक क्रियाकलापमा सफलताको शुभेच्छा व्यक्त गरेको थिएँ…
दिनाङ्क : ५ जून २०१७,
मास्को, रूस महासंघ ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

कृष्णप्रकाश श्रेष्ठ ई-मेल : kpsnepal@gmail.com टेलिफोन : ८-९१६-९६७-३८३२ ठेगाना : मास्को ११९४२१, लेनिन्स्की प्रोस्पेक्ट ९९-५०३ जन्मतिथि : ७ नभेम्बर १९३८ जन्मस्थान : चुनिखेल, शोणितपुर (थानकोट), काठमाडौं, नेपाल । शिक्षा : स्नातक (बि.ए.), (पटना विश्वविद्यालय, भारत, १९५९) स्नातकोत्तर (एम.ए.), (पत्रकारिता संकाय, मास्को राजकीय विश्वविद्यालय, रूस, १९६६) विद्यावारिधिका लागि अनुसंधान (प्राच्यविद्या संस्थान, रूसी विज्ञान प्रज्ञा-प्रतिष्ठान, मास्को) । पेशागत सेवा : नेपाली कार्यक्रम संचालक, रेडियो मास्को (१९६३-१९९१), रेडियो रूस (१९९१-२००६) । अनुवादक : प्रगति प्रकाशन, मास्को (१९७५-१९८५); रादुगा प्रकाशन, मास्को (१९८५-१९९०) । संप्रति : वैज्ञानिक कार्यकर्ता, भारतवर्ष अनुसंधान केन्द्र, प्राच्यविद्या संस्थान, रूसी विज्ञान प्रज्ञा-प्रतिष्ठान, मास्को (१९९९ देखि) । आबद्ध संस्थाहरू : मानार्थ सदस्य, रूस सीआईएस नेपाल उद्योगवाणिज्य संघ, । मानार्थ सदस्य, नेपाल बालसाहित्य समाज, काठमाडौं । सल्लाहकार, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (२००९), अनेसास, रूस शाखा (१९९९) उपाध्यक्ष (१९९८-२००१), प्रधान संपादक (२००१ देखि), रूस-नेपाल मैत्री एवं सहयोग संघ, सदस्य (१९९९ देखि), रूस लेखक संघ, मास्को नगर संगठन, गैरआवासीय नेपाली संघ, रूस राष्ट्रिय समन्वय परिषद् । सम्मान : मित्रकुञ्ज, काठमाडौं (१५.१०.२००३), गैरआवासीय नेपाली संघ, रूस राष्ट्रिय समन्वय परिषद्, मास्को (२७.१०.२००६), महाकवि देवकोटा शताब्दी सम्मान, काठमाडौं, २००९ । कदर-पत्र : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, रूस शाखा, मास्को (१२.०६.२००९)। पदक : ‘टेलिभिजन एवं रेडियोका उत्कृष्ट कार्यकर्ता’ (सोभियत टेलिभिजन एवं रेडियो राजकीय समितिद्वारा प्रदत्त सम्मानपदक, १९८८); ‘शिक्षानुरागीप्रति’ (पुश्किन जन्म द्विशताब्दीको उपलक्षमा रूस वाङ्मय प्रज्ञा-प्रतिष्ठानद्वारा प्रदत्त पुश्किन स्वर्णपदक, २००३); ‘मैत्री कार्यमा योगदानवापत्’ (रूस महासंघको परराष्ट्र मन्त्रालयअन्तरगत रोस्जारुभेजसेन्त्रद्वारा प्रदत्त सम्मानपदक, २००५); 'साहित्य सेवा सम्मान-पत्र' (गैरआवासीय नेपाली रुस राष्ट्रिय समन्वय परिषदद्वारा नेपाली साहित्यको अनवरत सेवा वापत प्रदान गरिएको सम्मान, सन् २००६) । पुरस्कार : ‘जगदम्वा-श्री’ पुरस्कार (वि.सं. २०५९), नृपध्वज कार्की अन्तरराष्ट्रिय साहित्यिक पुरस्कार, न्युयोर्क (सन् २००९), नइ देरुनीख अन्तरराष्ट्रिय पुरस्कार (वि.सं. २०६७) । प्रकाशित मौलिक कृतिहरू : नेपालीमा : रूसमा नेपालको अध्ययन, नेपालभाषा साहित्य, रूसमा नेपालको छवि, नेपाली समालोचक र समालोचना, नेपाली किम्बदन्तीमाला (श्लोकबद्ध), स्थाननामकोष । रूसी भाषामा : नेपालमा पशुपक्षीको पूजा, स्वस्थानी, मित्रता र सहयोगको गांठो, रेलगाडीमा हिमालयतिर (कार्यपत्र र लेखसंग्रह), नेपालको साहित्यमा परम्परा र आधुनिकता, इतिहासको परिप्रेक्षमा नेपाली किम्बदन्ती र परम्परागत उत्सव-पर्व, नेपालमा परंपरागत भोजको विधि–विधान आदि। प्रकाशित अनूदित कृतिहरू : रूसीबाट नेपालीमा : अलेक्सान्द्र पुश्किन - जिप्सी (खण्डकाव्य), बेल्किनका कथाकहानी (गद्यकृति), दुब्रोभ्स्की (लघुउपन्यास); इभान तुर्गेनेभ – गद्यमा कविता (लघुकथाहरू), पिता र पुत्र (उपन्यास); मिखाइल शोलोखोभ – मान्छेको भाग्य र दोनका कथाहरू; मिखाइल लेर्मोन्तोभ – हाम्रो जमानाका चरित्र नायक (उपन्यास); लेभ तोल्स्तोइ – कथाकहानी, लेभ तोल्स्तोइका उत्कृष्ट कृतिहरू; अलेक्सान्द्र ग्रीन – राता पालहरू (लघुउपन्यास र कथाहरू); माक्सिम गोर्की – मेरा विश्वविद्यालयहरू (उपन्यास); रसूल हाम्जातोभ – जीवित देवी (काव्यकृतिहरू); चिंगिज आइतमातोभ – प्रथम शिक्षक (लघुउपन्यास); सुनौला सिउर (रूसी लोककथा संग्रह); रूसी चरित्र (कथासंग्रह); लेनिन-गाथा (कवितासंग्रह); लेओन्तयेभ – संक्षिप्त राजनीतिक अर्थशास्त्र; आफानास्येभ – दर्शनशास्त्रको प्रारम्भिक ज्ञान आदि विभिन्न कृतिहरूका साथै रूसी बालसाहित्यका कैयौं पुस्तकहरू । नेपालीबाट रूसीमा : यमलोकमा जिउंदो मान्छे (नेपाली लोककथासंग्रह); कल्चौंडीको ठुङ्ग र पञ्जा किन पहेंलो हुन्छ? (नेपाली बाललोककथासंग्रह); लैनसिंह बाङ्गदेल – लङ्गडाको साथी (लघुउपन्यास); रमेश विकल – फुटपाथ मिनिस्टर्स (कथा); ज्ञानकाजी मानन्धर – कुमारी चण्डेश्वरी (नाटक); हिरण्यलाल श्रेष्ठ – नेपाल परिचय; स्वामी आनन्द अरूण – सन्त-दर्शन (लेखसंग्रह); लोपोन टशी छिरिङ्ग लामा - मणिमन्त्र (कृति) आदि । संस्कृतबाट नेवारीमा : कृष्णगीता (श्रीमद् भागवत् गीताको समश्लोकी अनुबाद) । रूसीबाट हिन्दीमा : अनोखे चीजों की दुकान (आधुनिक बाललोककथा-संग्रह), (कृतिलेखकद्वय - कारेभा तथा कराल्योभ) । सम्पादन तथा संकलन : पत्रिकाहरू – किरण (नेपाली छात्रसंघ, सोभियत संघ); झिल्को (अनुवाद संस्थान, मास्को); सार्थवाह (रूस सिआईएस नेपाल उद्योगवाणिज्य संघ); नारीदृष्टि (नेपाली नारी निकुञ्ज) । शब्दकोषहरू - रूसी-नेपाली शब्दकोष; नेपाली-नेपालभाषा शब्दावली; अंग्रेजी-नेपाली पालरभाषिक शब्दकोष । पुस्तकहरू – लक्ष्मीप्रसाद देवकोटा, संकलित रचना (रूसी भाषामा); नेपाल : सहस्त्राब्दिहरूको संघारमा (रूसी भाषामा लेखसंग्रह); रसियाली प्राच्यविद्याको सन्दर्भमा नेपाल आदि ग्रन्थका साथै नेपाली भाषामा प्रकाशित विभिन्न संकलन र पुस्तकहरू । नेपालीमा अनुवाद तथा सम्पादन – मिनाएभ र नेपाल ।

Leave a Reply:

Your email address will not be published. Required fields are marked *