विहानीको झिसमिसे संगै

 छरिएको  घामको चुुम्बन

 साइतको पछौरीमा कति ढिलो पोखियो….. ।

उस्को आँखा चिहाउदा चिहाउदै

कस्तो पट्यार लाग्दो आजभोली

सास फेर्नै गारो मलाई

उ बिनाको उजाड मरुभूमिमा ।

उस्को यादहरुको भिडले

भोक प्यासको शिविर सम्म पुग्ने बाटोमा

चौतारीको बरपीपलले एकै छिन

रोक्न आग्रह गर्छ मलाइ किन ? 

अभावै अभावले चर्कन्छ छाती

 शुन्यताले बिथालिएको विराग

मलिन हुन्छ बास्तविक्ताहरु

सालिक झै ठिङ उभिएर आफैलाई नियाल्छु

न उस्ले चिन्छ न म ब्याख्या गर्न सक्छु  ।

आँटेर  भिरको बाटोमा

सुरक्षित अवतरण गर्न

एक अर्काको हात थाम्ने रहर जग्छ

अपसोच !

उ त अघि ……नै आधा बाटो कटिसेके छ

आफुलाई नियाले

म पनि  आधा बाटो काटिसके छु ।

 

Poet

Leave a Reply:

Your email address will not be published. Required fields are marked *