– केदार सङ्केत
इतिहासको पाना पल्टाएर
एक थरीले लेखे र भने
उहिले-उहिले
सबैले हाम्रो गाउँमा
रुख मौलाएको कुरा
दहृो जरा गाडेको कुरा
विगतमा त्यही रुखका हाँङगाहरुबाट
पटक-पटक
विषाक्त फल फलेको कुरा
भाँचिएको,लछारिएको र पछारिएको
तर कहिल्यै जरा नउखेलिएको कुरा
काटेर नफालिएको कुरा
अर्को थरीले लेखे र भने
हेक्का राखोस्
रुख ढलेको छैन
रुख रुखेलिएको छैन
मात्र पात झरेको छ
मात्र फल कुहिएको छ
मात्र हाँगाहरु लाछिएका छन्
यदी रुख ढलेको भए
रुखका जराहरु पनि उखेलिनु पर्ने हो
गाउँलेहरु यसै भन्छन्
गाणतन्त्रले हाम्रो गाउँमा
नयाँ मुजुरामय रुख मात्र के रोपिन्थ्यो र !
किनकि यहाँ, एउटा रुख ढले पनि
अरु थुप्रै बूढा रुखहरु ढलेकै छैनान् ।
Please follow and like us: