– केदार सङ्केत

बेलायतको गिलफोर्डमा कलाप्रदर्शन भएको बेला खिचेको फोटो यस्को मूल्य पाउण्ड ५७५ थियो कलाकार सेलीको कूचिबाट निर्मित ।
उनकै भाव विस्तारमा यो फोटो कबिता

म मात्र मेरा ओठहरुमा
अलिकति लाली बोकेर
बन्दकी दिएको जिन्दगीबाट
खोज्दै मूर्त आस्थाहरु
भक्कानिएर धरफरिन्दैै
हिडिरहेको थिए ।
एक्कासी ममा
खुल्ला आकाश पोखिएझैं
मेरा मन र मुटुमा

उस्को मायाका बाछिट्टाहरुले
म नुहाउन खोजिरहे ।
ऊ कालो बादलमा
पत्तौनै पाइन मैले परिणत भएको
म फगतः गुडिया जस्तै
खेलिन थालेछु
मेरा मनमा
ऊ प्रति मायाका सितन र शितलहरु
बषाई नै रहे निरन्तर हिजो सम्म
यथार्थमा म मात्र
उस्को हत्केला भर्दै रहेछु ।

ऊ ढालस दिदै
बनावटी मायामा
माया साट्दो रहेछ ।
धन्य ! एक्कासी आज
अर्काे ऊ फेरी
मन भित्र पुरानै माया बोकोर
बर्षाै पछि जून भएर झुल्किदा पो
झसङ्ग भए
साच्चैं आज जो छैन म संग
उस्लेत माया बिना शुन्यतामा
सर्वश्व लुटेको रहेछ ।
जीउदै चित्तामा जलाउदै रैछ ।

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *